केपी ओली र महेश बस्नेका पक्षमा कसले घन्कायो नारा ?

  • प्रकाशित मिति : २०७८ मंसिर १०, शुक्रबार
  • chhanbin.com

नेकपा एमालेको १०औँ महाधिवेशनको उद्घाटनस्थलमा पार्टीका नेता-कार्यकर्ताहरू जम्मा हुन थालेका छन् ।

शुक्रबार दिउँसो अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने महाधिवेशनको उद्घाटन समारोहमा सहभागी हुन हजारौँ कार्यकर्ता चितवन आइपुगेका छन् । नारायणी नदी किनारमा हुने उद्घाटन समारोहमा एमालेले पाँच लाख कार्यकर्ता उतार्ने दाबी गरेको छ ।

एमाले कार्यकर्ता महाधिवेशन उद्घाटनस्थलमा प्रवेश गर्ने क्रम जारी छ । महाधिवेशन उद्घाटन समारोहमा सहभागी हुन जाँदै गर्दै एमालेका केही कार्यकर्ताले केपी ओली जिन्दावाद, महेश बस्नेत जिन्दावादको नारा लगाएका छन् ।

महाधिवेशनको उद्घाटनस्थलमा प्रवेश गर्ने उनीहरूले ‘केपी बा’ वी लभ यु, अघि बढ केपी बा साथ दिन तयार छौँ, कार्यकर्ता के भन्छन् महेश बस्नेत ले भन्छन्’ लगायतका नारा लगाएका थिए ।

अध्यक्ष ओली फेरि एमालेको अध्यक्षमा दोहोरिने तयारीमा छन् भने बस्नेतले सचिवमा उम्मेदवारी दिने घोषणा गरेका छन् । एमालेको महाधिवेशनको बन्दसत्र र निर्वाचन भने सौराहामा हुनेछ ।