ताप्लेजुङ्गका बुट्यान संग समेत हिमचिम भएका तिलकुमार एमाले केन्द्रीय सदस्यमा भिड्दै, यस्तो छ उनको योगदान

  • प्रकाशित मिति : २०७८ मंसिर १०, शुक्रबार
  • chhanbin.com

आजदेखी शुरु भएको नेकपा एमालेको १० औं महाधिवेशनको राप र तापले चितवन ह्वातै तातिएको छ। नेताहरुले उम्मेद्वारी दिने क्रमले उही मात्रामा तिब्रता पाएको छ। यहि मेसोमा ताप्लेजुङ्ग एमालेका खम्बा तिलकुमार मेन्याङ्बो लिम्बूले केन्द्रीय सदस्यमा उम्मेद्वारी घोषणा गरेका छन्।

ताप्लेजुंगमा लामो समय देखि एमालेको राजनीतिमा सक्रिय तिलकुमार २०५६ सालको प्रतिनिधी सभा निर्वाचनमा तात्कालिन क्षेत्र नम्बर १ बाट निर्वाचित भएका थिए। निष्ठा र सरल राजनीतिज्ञको परिचय बनाएका तिलकुमार एमाले र ताप्लेजुंगको पर्याय नै बनेका छ। सिंगो जीवन र जवानी एमालेलाई समर्पित गरेका तीलकुमारले उम्मेद्वारी घोषणा गरे संगै एमालेका महाधिवेशन प्रतिनिधीले एक मत तिलकुमारका लागी छुट्ट्याएको बताउन थालेका छन्।

ताप्लेजुंगको पाथिभरा याङ्गवरक गाउँपालिका थेचम्बुका तीलकुमारलाई ताप्लेजुङ्गका बोट बिरुवा समेतले चिन्ने र उनलाई मतदान गरि केन्द्रीय सदस्यमा बिजयी गराउन अनेरास्ववियूका केन्द्रीय सदस्य समेत रहेका एमाले ताप्लेजुङ्गका जिल्ला कमिटी सदस्य विश्वनाथ बिश्वकर्माले महाधिवेशन प्रतिनिधीलाई अनुरोध गरेका छन्।

२०३४ सालमा पार्टीको सम्पर्कमा रहेका मेन्याङ्बोले २०४५ सालमा पार्टी सदस्यता लिएका थिए। ४५ साल मै एमाले जिल्ला कमिटी सदस्य बनेका उनले त्यहि समयमा जेल जीवन समेत बिताए। २०४९ साल देखि २०७१ साल सम्म पार्टी प्रमुखको जिम्मेवारी निर्वाह गर्दै पार्टीको पकडलाई थप दर्बिलो बनाएको इतिहास उनैको नाममा कायम रहेको छ।

एमालेको पाँचौ महाधिवेशन देखि हालसम्म निरन्तर महाधिवेशन प्रतिनिधी रहेका पूर्व सांसद मेन्याङ्बो २०७५ देखि एमाले केन्द्रीय सदस्यको भूमिकामा छन् र अहिले पनि सोही जिम्मेवारीका लागि उम्मेद्वारी घोषणा गरेका छन्। ताप्लेजुङ्गलाई एमालेको लाल किल्ला बनाउन उनकै भूमिका महत्वपूर्ण रहेको एमालेका जानकारहरू सगौरव बताउछन। बिशाल छिमेकी चीन र भारत संग सीमाना जोडिएको जिल्ला ताप्लेजुङ्गको पहिचानलाई थप उपल्लो स्थानमा पुर्याउन उनले खेलेको भूमिकाले सिंगो राष्ट्रको गौरव बढेको परराष्ट मामिलाका जानकारहरू बताउछन्।