३०८ जनामा कोरोना संक्रमण, २९८ जना कोरोनामुक्त, तीनको मृत्यू

  • प्रकाशित मिति : २०७८ मंसिर ९, बिहीबार
  • chhanbin.com

नेपालमा थप ३०८ जनामा कोरोना संक्रमण देखिएको छ। देशभरि ८ हजार ९०९ जनाको नमूना परीक्षण गर्दा यी संक्रमित देखिएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।

मन्त्रालयाक अनुसार ७ हजार १०४ जनाको पीसीआर परीक्षण गर्दा २८१ जना र १ हजार ८०५ जनाको एन्टिजेन परीक्षण गर्दा २७ जनामा संक्रमण देखिएको थियो। त्यस्तै पछिल्लो २४ घन्टामा थप ३ जना संक्रमितको मृत्यु भएको छ। योसँगै नेपालमा मृत्यु हुनेको संख्या ११ हजार ५१६ पुगेको छ।

त्यस्तै पछिल्लो २४ घन्टामा थप २९८ जना कोरोनामुक्त भएका छन्। हालसम्म ८ लाख १ हजार ४२० जना संक्रमित कोरोनामुक्त भएका छन्। नेपालमा सक्रिय संक्रमितको संख्या ७ हजार ३४९ रहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।