गोलाप्रथा विधिबाट इजलास तोक्ने साईत जुराउन प्रधानन्यायाधीशले बोलाए फुलकोर्ट

  • प्रकाशित मिति : २०७८ मंसिर ९, बिहीबार
  • chhanbin.com

सर्वोच्च अदालतको फुलकोर्ट बैठक बस्दैछ । गोलाप्रथाबाट इजलास तोक्ने मिति तय गर्न बैठक बस्न लागेको सर्वोच्च प्रशासनले जनाएको छ। यसअघि बसेको फुलकोर्ट बैठकले गोलाप्रथा विधिबाट पेसी व्यवस्थापन गर्ने निर्णय गरेको थियो।

इजलास गठनका लागि प्रशासनिक एवं प्राविधिक तयारी पूरा भएपछि पूर्ण बैठक बोलाउन लागिएको हो। प्रधानन्यायाधीशको निर्देशन बमोजिम सर्वोच्चको मुख्य रजिष्ट्रारले पूर्ण बैठक बोलाउनुपर्ने व्यवस्था छ। तर, प्रधानन्यायाधीश जबरासँग असन्तुष्ट १८ न्यायाधीशले बुधबार छलफल गरि पूर्ण बैठक बोलाउने निर्णय गरेका थिए। असन्तुष्ट न्यायाधीशहरू गोला प्रक्रियाबाट पेसी तोकिने सुनिश्चितता पछि इजलासमा सहभागी हुन थालेका हुन्। आगामी मंसिर १५ देखि सर्वोच्चमा गोलाप्रथाबाट इजलास तोकिने तयारी छ।