कमल थापालाई हान्न रेखा थापाको साथ लिएर राजेन्द्रले गरे हमला, को-को पर्दैछन् थला ?

  • प्रकाशित मिति : २०७८ मंसिर ९, बिहीबार
  • chhanbin.com

पूर्व पञ्चहरुको पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को आगामी महाधिवेशनमा राजेन्द्रप्रसाद लिङ्देनले अध्यक्षमा उठ्ने घोषणा गरेका छन् । राजधानीको एक होटलमा आज विहान पत्रकार सम्मेलन गरी उनले अधयक्षमा उठ्ने घोषणा गरेका हुन् । परम्परागत रुपमा कमल थापा, पशुपति शम्शेर जवरा र प्रकशचन्द्र लोहनीले आफ्नो नेतृत्वमा राखिरहेको पार्टीमा राजेन्द्रप्रसाद लिङ्देनले क्रमभंगता गदै अध्यक्षमा उठ्ने घोषणा गरेका हुन् ।

उनलाई नेपालगञ्ज उपमहानगरपालिकाका मेयर धवलशमशेर राणा, अभिनेत्री रेखा थापालगायतका नेताहरूको साथ रहेको छ । केही समय अगाडी सम्म धबलसम्शेरले पनि आफै अध्यक्षमा उठ्ने बताईरहेका थिए । तर पछि राजेन्द्रप्रसाद लिङ्देन र धबल शम्शेरका वीचमा मोर्चाबन्दी भएको हो ।

राप्रपाका तर्फबाट एक मात्र प्रतिनिधिसभा सदस्य झापाका लिङ्देनले अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेपछि अव राप्रपाको महाधिवेशनमा पूराना नेतृत्व गरिरहेका नेताहरुलाई चुनौति थपिएको छ । जनताको जनमतले निर्वाचित एक मात्र सांसद राजेन्द्र र एक मात्र उपमहानगरका मेयर धबलले मोर्चावन्दी गरेर सहकार्य गर्ने बताएपछि राप्रपाको नेतृत्व असुरक्षित देखिएको छ ।

पार्टी स्थापनाकालदेखि नै नेतृत्व तहमा रहँदै आएका शीर्ष नेताहरूले आसन्न महाधिवेशनमा पनि अरूलाई अवसर नदिने संकेत गरेपछि लिङ्देन र राणाको समूह अघि सरेको हो । दुवै नेता दुई वर्षयता पार्टीमा जिम्मेवारीविहीन थिए । उनीहरुले आफनो समुहको प्यानल ने बनाएर चुनावमा जाने बताएका छन् ।