सशांकलाई लाग्यो पहिलो गाँसमै ढुंगा, आफ्नै उम्मेदवारको भयो सर्मनाक पराजय

  • प्रकाशित मिति : २०७८ मंसिर ८, बुधबार
  • chhanbin.com

नेपाली कांग्रेसका महामन्त्री डा. सशांक कोइराला समूह आफ्नै निर्वाचन क्षेत्रमा पराजित भएको छ । नवलपरासीपूर्व क्षेत्र नम्बर १ मा सशांक पक्षका उम्मेदवार कमलप्रसाद पराजुलीलाई पराजित गर्दै सभापति शेरबहादुर देउवा पक्षका अमृत भट्टचन बिजयी भएका छन् । आफ्नो निर्वाचन क्षेत्रमा सांसद जितेका कांग्रेस महामन्त्री डा. कोइरालाको घेरा तोड्न भन्दै भट्टचनले उम्मेदवारी दिएका थिए ।

भट्टचन झण्डै दुई सय मतान्तरले विजयी भएका छन् । काँग्रेस सभापति देउवा निकटका भट्टचनलाई जिल्लामा महेन्द्रध्वज जिसी समूहको साथ थियो । यो निर्वाचन क्षेत्रमा सचिव पदमा अमृत श्रेष्ठ र शालिकराम सापकोटा विजयी भएका छन् ।