खुमबहादुर खड्काका छाेरा अनुराग बने कांग्रेस महाधिवेशन प्रतिनिधि

  • प्रकाशित मिति : २०७८ मंसिर ८, बुधबार
  • chhanbin.com

नेपाली कांग्रेसका दिवंगत नेता खुमबहादुर खड्काका छोरा अनुराग खड्का कांग्रेसको सक्रिय राजनीतिमा होमिएका छन्।

कांग्रेस १४औँ महाधिवेशनअन्तर्गत दाङ क्षेत्र नं १ को अधिवेशनमा अनुराग महाधिवेशन प्रतिनिधि निर्वाचित भएका हुन्। उनले सर्वाधिक मत पाएका छन्। खड्काले कांग्रेसको संस्थापन पक्षबाट सहज जीत हात पारेका छन्।

केन्द्रीय महाधिवेशन प्रतिनिधिमा जानकीलाल बस्नेत, कर्णबहादुर बुढाथोकी, किरणकिशोर घिमिरे, कृष्णकिशोर घिमिरे, चन्द्रबहादुर घर्ती, प्रदीपराज शर्मा, मधु न्यौपाने, मोहन गिरी, हरिप्रसाद भुसाल निर्वाचित भएका छन्।

महिलातर्फ खिमादेवी रिजाल, गिरिजादेवी न्यौपाने, धनपती यादव, विमला नेपाली निर्वाचित भएका छन्।