ऋणपत्र जारी गर्न पाउने यी हुन् ४ लघुवित्त

  • प्रकाशित मिति : २०७८ मंसिर ७, मंगलवार
  • chhanbin.com

अब थोक कारोबार गर्ने लघुवित्त वित्तीय संस्थाहरुले आवधिक ऋणपत्र जारी गर्न पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले ‘घ वर्गका इजाजतपत्र प्राप्त लघुवित्त वित्तीय संस्थालाई जारी गरेको एकीकृत निर्देशन २०७७ मा संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो ।

राष्ट्र बैंकका अनुसार निश्चित शर्त पुगेका थोक लघुवित्तले हाल कायम चुक्ता पूँजीको २५ प्रतिशत रकम बराबरको ऋणपत्र जारी गर्न पाउने छन् ।सञ्चित नोक्सानी बाँकी नरहेका थोक कारोबार गर्ने लघुवित्तहरुले ऋणपत्र जारी गर्न पाउने राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकको नयाँ व्यवस्था अनुसार ४ वटा थोक कारोबर गर्ने लघुवित्तले ऋणपत्र जारी गर्न पाउने भएका हुन् ।

हाल संचालनमा रहेका ७१ लघुवित्तमध्ये आरमएडीसी, आरएसडीसी, फर्स्ट माइक्रोफाइनान्स र सानाकिसान लघुवित्तले मात्रै थोक कारोबार गर्दै आएका छन् ।ऋणपत्र जारी गर्ने स्वीकृतिका लागि लघुवित्तहरुले राष्ट्र बैंकमा निवेदन पेश गर्नुपर्ने छ । ऋणपत्रको अवधि, ऋणपत्रमा प्रदान गरिने वार्षिक ब्याजदर र ब्याज भुक्तानी गर्ने अवधि तोकिएको हुनुपर्ने राष्ट्र बैंकको शर्त छ ।