नेपाल राष्ट्र बैंकले “घ” वर्गको इजाजतपत्रप्राप्त लघुवित्त वित्तीय संस्थाहरुलाई जारी गरिएको निर्देशन, २०७७ मा संशोधन र परिमार्जनमा थप व्यवस्था गरेको छ।
जस अनुसार अब लघुवित्तहरूले अन्य कम्पनीको सेयरमा लगानी गर्न नपाउने भएका छन्।राष्ट्र बैंकले निर्देशन नं. ८ बुँदा नं २ मा संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो। जस अनुसार अब “घ” वर्गका संस्थाहरुले संगठित संस्थाको सेयर, डिबेञ्चर तथा सामूहिक लगानी कोषमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा लगानी गर्न पाउने छैनन्। हाल कायम रहेका यस्ता लगानीहरु २०७९ साल असार मसान्तभित्रमा विनिवेष गरिसक्नु पर्ने राष्टै बैंकले जानकारी दिएको छ।
यसअघि “घ” वर्गका संस्थाहरुले “घ” वर्गकै अन्य संस्थाहरुद्वारा जारी भएका सेयर सुरक्षणपत्र वा अन्य कुनै पुँजी उपकरणहरुमा लगानी गर्न नपाइने व्यवस्था रहेको थियो।