५९२ मुद्दाको पेसी तोक्दै प्रधानन्यायाधीशले तोकेका १० इजलासमा सुनुवाई सुरु

  • प्रकाशित मिति : २०७८ मंसिर ७, मंगलवार
  • chhanbin.com

न्यायाधीशको बहिस्कार र नेपाल बार एसोसिएसनको आन्दोलनका कारण सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको मात्र सुनुवाइ भइरहेका बेला मंगलबार भने सबै किसिमको मुद्दाको पेसी चढाइएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आफूबाहेक १० वटा इजलास गठन गरेका छन् । मंगलबार पनि आफूलाई इजलास नतोकेका जबराले ५९२ मुद्दाको पेसी चढाएका हुन् ।

गोलाप्रथाद्वारा मुद्दाको पेसी चढाउने प्रावधानलाई राजपत्रमा प्रकाशित गरिएको भोलिपल्ट मंगलबार सबै किसिमको मुद्दाको सुनुवाइ हुन लागेको हो । सर्वोच्च अदालतकै १९ जना न्यायाधीश इजलास बहिस्कार गरेर आन्दोलनमा उत्रिएका थिए भने नेपाल बार एसोसिएसन अहिले जबराको राजीनामा मागेर आन्दोलनमै छ ।