प्रभु ग्रुपका अध्यक्ष भट्टचन कांग्रेस महाधिवेशन प्रतिनिधिमा निर्वाचित

  • प्रकाशित मिति : २०७८ मंसिर ७, मंगलवार
  • chhanbin.com

प्रभु ग्रुपका अध्यक्ष तथा व्यवसायी देवी प्रकाश भट्टचन नेपाली कांग्रेसमा महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन् । उनी बागलुङ क्षेत्र नम्बर २ बाट निर्वाचित भएका हुन् ।

उनी अल्पसंख्यक कोटाबाट महाधिवेशन प्रतिनिधि चयन भएका हुन् । उनलाई कांग्रेसले २०७४ मा समानुपातिकबाट प्रतिनिधिसभा सदस्य बनाएको थियो । यस्तै, उनी २०४८ सालको निर्वाचनमा बागलुङबाट स्वतन्त्र उम्मेदवार बनेका थिए ।