कांग्रेसको १४औँ महाधिवेशन स्वास्थ्य समितिका संयोजक बस्नेत अस्पताल भर्ना

  • प्रकाशित मिति : २०७८ मंसिर ७, मंगलवार
  • chhanbin.com

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री मोहनबहादुर बस्नेत अस्पताल भर्ना भएका छन् । उनलाई रुघाखोकी र ज्वरो देखिएपछि सोमबार काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पताल भर्ना गरिएको हो ।

कांग्रेस अधिवेशनका क्रममा गृहजिल्ला सिन्धुपाल्चोकमा रहेका नेता बस्नेत रुघाखोकी र ज्वरोबाट पीडित भएका हुन् । जाँचका क्रममा चिकित्सकको सल्लाहअनुसार अस्पताल भर्ना गरिएको पारिवारिक श्रोतले जानकारी दियो। उनी पार्टीको १४औँ महाधिवेशन सम्पन्न गर्नका लागि गठित स्वास्थ्य समितिका संयोजक समेत हुन् ।