हिजो सरेको एमाले स्थायी कमिटी बैठक आज बस्दै

  • प्रकाशित मिति : २०७८ मंसिर ७, मंगलवार
  • chhanbin.com

नेकपा एमाले स्थायी कमिटी बैठक आज बस्दै छ । बैठक दसौं राष्ट्रिय महाधिवेशनको तयारीबारे केन्द्रित हुने छ । हिजो ३ बजेलाई बोलाएको बैठक आज ११ बजेलाई सारिएको थियो।

बिहान ११ बजे तुल्सीलाल स्मृति प्रतिष्ठानको भवन ललितपुरमा बस्ने बैठकमा यही मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुने महाधिवेशनका विषयमा छलफल हुने नेताहरुले बताएका छन् ।