बारले गुहार्यो संसद र एमाले गुहार्यो, सभामुखलाई बुझाएको १७ बुँदे ज्ञापनपत्रमा के छ ?

  • प्रकाशित मिति : २०७८ मंसिर ६, सोमबार
  • chhanbin.com

नेपाल बार एशोसिएशनले प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटालाई अदालतमा जारी गतिरोधको विषयमा ज्ञापनपत्र बुझाएको छ।

सोमबार बारको टोलीले सिंहदरबारस्थित संसद सचिवालयमा सभामुख सापकोटालाई १७ बुँदे पत्र बुझाएको हो।

पत्र बुझ्दै सभामुख सापकोटाले आफू पदीय हिसावले निष्पक्ष, स्वतन्त्र र तटस्थ बस्ने बताए। उनले आफ्नो निष्पक्षता, स्वतन्त्रता र तटस्थता देश, जनता र राष्ट्रको पक्षमा हुने बताए।

सभामुख सापकोटाले आफूले अहिले अदालतमा देखिएको विषयलाई नजिकबाट नियालिरहेको बताए। बारको आन्दोलनले देश, समाज र जनताका लागि सकारात्मक नतिजा दिने पनि बताए।

नेपाल बारले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको राजीनामा माग्दै कात्तिक दोस्रो सातादेखि आन्दोलन गरिरहेको छ। बारले हरेक दिन सर्वोच्च परिसरमा धर्ना दिँदै आएको छ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्ध आन्दोलनरत नेपाल बार एसोसिएसनले नेकपा एमालेलाई ज्ञापनपत्र बुझाएको छ। त्यस्तै आजै बार एसोसिएसनले नेकपा एमालेका संसदीय दलका उपनेता सुवास नेम्वाङलाई ज्ञापनपत्र बुझाएको हो।

बारले ज्ञापनपत्रमा प्रधानन्यायाधीश राणामाथि महाभियोग लगाउन र न्यायालय सुदृढीकरणको माग गरेको छ। प्रधानन्यायाधीश राणाविरुद्ध आन्दोलनमा उत्रिएको बारे राणामाथि उठेका प्रश्नहरुबारे संसद्को ध्यानाकर्षण गराउन भन्दै राजनीतिक दलहरुलाई ज्ञापनपत्र बुझाएको हो।

प्रधानन्यायाधीश राणाले तत्काल राजीनामा दिनुपर्ने मागसहित नेपाल बार एसोसिएसनले शुक्रबार एकहप्ते आन्दोलनका कार्यक्रम घोषणा गरेको थियो।