नेप्से उकालो लाग्दा ८ अंकले दियो साथ,मानुसी लघुवित्त चम्किदा अरू कुनको कस्तो भयो हालत ?

  • प्रकाशित मिति : २०७८ मंसिर ६, सोमबार
  • chhanbin.com

सोमबार नेप्से परिसूचक ७.९० अंकले बढेर २७६५.४४ अंकमा पुगेको छ । कारोबार रकम बढ्न नसकेपनि करिब आधा कम्पनीको सेयर मूल्यमा हरियाली छाएको छ ।

यो दिनको कारोबारमा १०६ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने ९८ वटा कम्पनीको सेयर मूल्य घटेको छ । जबकी १८ वटा कम्पनीको सेयर मूल्य भने स्थिर छ ।

यो दिनको कारोबारमा ७५ लाख ६५ हजार ५१० कित्ता सेयर ३ अर्ब ९२ करोड ९२ लाख ६१ हजार ६२७ रुपैयाँमा कारोबार भएको छ ।

यो दिनको कारोबारमा मानुसी लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने चन्द्रागिरि हिल्स कम्पनीको सेयर मूल्य पनि ९.७५ प्रतिशतले बढेको छ । कारोबार रकमका आधारमा महालक्ष्मी विकास बैंक, नेपाल दूरसञ्चार कम्पनी, अरुण काबेली पावर, हिमाल दोखला हाइड्रोपावर र नबिल बैंक अगाडि छन् ।