३५ दिन भित्र इच्छाराजले ऋण नतिरे सुन्धाराको ६ रोपनी जग्गा र भवन लिलाम हुने यस्तो छ सुचना

  • प्रकाशित मिति : २०७८ मंसिर ६, सोमबार
  • chhanbin.com

सिभिल इस्टेटका सञ्चालक इच्छाराज तामाङ लगायतले ऋण नतिरेपछि कर्मचारी सञ्चय कोषले ऋण तिर्न ३५ दिने सूचना निकालेको छ ।कोषले सोमबार एक सूचना जारी गर्दै ३५ दिन भित्र बुझाउन बाँकी सम्पूर्ण ऋण, त्यसको लाग्ने ब्याज र हर्जाना समेत बुझाउन भनेको हो । सिभिल स्टेट्स प्रालिका सञ्चालक तामाङ, केशवलाल श्रेष्ठ र प्रविण मुखियालाई ऋण तिर्न भन्दै कोषले सूचना निकालेको हो ।

उनीहरुले ३५ दिनभित्र ऋण भुक्तानी नगरे चल, अचल सम्पत्ति, लिलाम गर्ने कोषले जनाएको छ । सिभिल स्टेट्सले ऋण लिँदा काठमाडौं महानगरपालिका सुन्धाराको ६ रोपनी जग्गा र त्यसमा निर्माण भएको ८२ हजार ९५ वर्गफिट बराबरको १३२ इकाई धितो राखेको थियो ।

तोकिएको अवधि भित्र ऋण नतिरे कोषले धितो राखिएको सम्पत्ति लिलाम गरी ऋण अशुल गरिने कोषले जनाएको छ । सिभिल सहकारीमार्फत संगठित ठगीको आरोमा संचालक तामाङसहित एकदर्जन व्यक्ति अहिले प्रहरी हिरासतमा रहेका छन् ।