कोरोना खोपले इम्युनिटी घटायो, खोप मात्र कोरोनाको अचूक ओखति नभएको पुष्टी

  • प्रकाशित मिति : २०७८ मंसिर ६, सोमबार
  • chhanbin.com

२०२१ को सुरुवाततिर पश्चिम युरोपमा खोप अभियानलाई तीव्र रुपमा अघि बढाइनाले त्यहाँको अवस्था बलियो बन्दै गयो । महामारीबाट बाहिरिन तत्काल खोप लगाउन सुरु गर्नु नै उपयुक्त हुने सबै सरकारको बुझाइ थियो ।

त्यसबेला युरोपेली क्षेत्रभरि राष्ट्र प्रमुखहरुले गर्व गर्दै आफूहरु सामान्य जीवनमा फर्किसकेको उदाहरणीय सफलता सुनाइरहेका थिए । तर जाडोयाम आइपुग्दा तिनै मुलुकहरु आफ्नो बोली उल्ट्याउने स्थितिमा पुगेका छन् । खोप लगाउनेको दर विश्वकै सबैभन्दा उच्च भए पनि नया संक्रमण ओरालो लाग्ने संकेत नदेखिएपछि बाध्य भएर कोभिड सम्बन्धी नयाँ मापदण्ड जारी गर्न र कतिले त लकडाउन लगायत गम्भीर विकल्प अपनाउन लागेका छन् ।

जस्तै देशका ८७ प्रतिशत जनताले खोप लगाइसकेको भए पनि पोर्चुगलमा नयाँ संक्रमण नियन्त्रण गर्न सरकार संघर्षरत् अवस्थामा पुगेको छ । बेलायतमा पनि स्थिति निकै चिन्ताजनक बनिसकेको छ भने नेदरल्यान्डमा सरकारले जनतालाई नयाँ मापदण्ड र खोप सम्बन्धी नियम अपनाउन जोड दिएपछि त्यस विरुद्धको प्रदर्शनले हिंसात्मक रुप लिइरहेको छ ।

खोपले वास्तवमै काम गरिरहेको भए पनि यो सबै भइरहँदा धेरैको मनमा किन भन्ने प्रश्न आउन सक्छ । विभिन्न मुलुकहरुले अहिले मात्र आभास गरिरहेका छन् कि खोप एक्लै कोभिड संक्रमण रोक्न पर्याप्त छैन ।

हो खोपले अझै पनि प्रभावकारी सुरक्षा दिलाउँछ अर्थात गम्भीर बिरामी पर्ने या मृत्यु हुनबाट जोगाउँछ । तर डेल्टा भेरियेन्ट अत्यन्तै संक्रमक किसिमको छ भन्ने सबैलाई थाहा भएको इम्पेरियल कलेज लन्डनका भाइरसविद् प्रोफेसर चाल्र्स बंगम बताउँछन् । उनका अनुसार बिस्तारै सामाजिक व्यवहारमा आएको परिवर्तन जस्तै धेरै देशमा कोभिड सम्बन्धी सावधानी अपनाउन छाडिँदा लापरबाहीका कारण पनि यस्तो भइरहेको छ ।

त्यसैले यसबाट के स्पष्ट भएको छ भने खोप दर राम्रो हुनु मात्र सधैँ पर्याप्त नहुन सक्छ । जर्मनीका अर्का रोगविद् प्रोफेसर राल्फका अनुसार खोपले धेरै मद्दत पुर्याउँछ । भाइरसलाई रोक्ने प्रक्रियामा यसको अत्यन्तै महत्वपूर्ण भूमिका छ तर यो एक मात्र प्रयासले पुग्दैन ।

यसैगरी कुनै मुलुकका ९० प्रतिशत जनताले खोप लगाइसकेको भएपनि खोप नलगाउने ती थोरैबाट अप्रत्याशित संक्रमण फैलन सक्छ । जस्तै आयरल्यान्ड युरोपको सबैभन्दा उच्च खोप दर, ८९.१ प्रतिशत रहेको छ । तर ५० लाख जनसङ्ख्यामा खोप नलगाएका ती १० लाखले मात्र पनि संक्रमणलाई नियन्त्रण बाहिर पुर्याउन सक्छन् ।

र अहिले वास्तवमै जति पनि नयाँ संक्रमित फेला परिरहेका छन् या अस्पताल भर्ना भइरहेका छन्, तीमध्ये अधिकांश खोप नलगाएकाहरु छन् । हाल बढिरहेको संक्रमण उनीहरुबाटै सुरु भएको हुन सक्ने विज्ञहरुको भनाइ छ ।

डब्लिनका स्वास्थ्य म्रमुख स्याम मेक्कोन्कीका अनुसार अहिले बालबालिकाहरुले खोप लगाएका छैनन् भने लक्षण विहिन स्वस्थ वयश्कहरुले आफूमा कुनै असर नदेखिएपनि चुपचाप भाइरस सारिरहेका छन् । यिनै कारणहरुको मिसिन पुग्दा युरोपमा अस्पताल भरिने समस्या बढिरहेको छ ।

युरोपेली नेताहरु पनि खोप लगाउन नमान्ने त्यस्ता व्यक्तिहरुदेखि दिक्क भइसकेका छन् । यस्तोमा शुक्रबार मात्र अष्ट्रियाले पहिलोपटक खोप लगाउन अनिवार्य गरिने निर्णय सुनाएको हो । यसको विरोधमा राजधानी भियनामा शनिबार दशौँ हजार मानिसहरु आन्दोलन गरेका हुन् । अन्य मुलुकहरुका लागि पनि यो स्थिति अपरिहार्य जस्तो देखिन थालिसकेको छ ।

विज्ञहरुको अनुसार खोप लगाउनेको दर उच्च हुनुले धेरै फरक पार्दछ तर अहिले फैलिरहेको डेल्टा भेरियेन्टको असर हेर्दा कुनैपनि मुलुकले खोप मात्रले आफू पूर्ण सुरक्षित छु भनेर ढुक्क भएर बस्न मिल्ने अवस्था छैन ।

अहिलेका प्रायः नयाँ बिरामीहरुमा चाहिँ या त धेरै उमेर कटिसकेकाहरु या खोप नलगाउने युवाहरु बढी रहेके पाइएको छ ।

तरपनि लगातार बढ्दो बिरामीको सङ्ख्याले देशको स्वास्थ्य प्रणालीमा सजिलै प्रभाव पार्न सक्छ । जस्तै आयरल्यान्डमा २९४ स्टाफ भएका आइसीयु बेड मध्ये ११८ कोभिडकै बिरामीले भरिएका छन् । र अहिले त्यहाँ १७ वटा बेड मात्र खालि रहेको सरकारी डाटाले देखाएको छ ।

त्यस्तै पहिला दुई लहरका संक्रमण पश्चात् थकान र एन्जाइटी भएर धेरै कर्मचारीहरुले स्वास्थ्य क्षेत्र नै छाडेको हुँदा स्टाफ अभावको समस्या पनि छँदै छ । मेक्कन्की भन्छन्, “नयाँ भाइरल भेरियेन्टहरु पुराना स्ट्रेनको तुलनामा एकदम छिटो सर्न सक्छ ।”

त्यस्तै पहिला खोप लगाएका मानिसहरु, विशेषगरी बढी उमेरकाहरुमा इम्युनिटी घट्दै गइरहेको अर्को समस्या पनि छ ।
यसअघिका विभिन्न रिसर्चहरुमा खोप लगाएकाहरुको निश्चित समयपछि इम्युनिटी हराएको पाइएको थियो । यसले पनि युरोपेली क्षेत्रमा तत्कालै बुस्टर डोज जारी गर्नुपर्ने आवश्यकता उत्पन्न गराएको छ ।