२३८ जनामा कोरोना संक्रमण, १ को मृत्यू

  • प्रकाशित मिति : २०७८ मंसिर ५, आईतवार
  • chhanbin.com

पछिल्लो २४ घण्टामा नेपालमा थप २३८ जनामा कोरोना संक्रमण देखिएको छ। आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा देशमा विभिन्न भागमा २३८ जनामा संक्रमण पुष्टि भएको हो।

९ हजार १ सय २३ जनामा गरिएको परीणमा सो संख्यामा संक्रमित फेला परेको मन्त्रालयले जनाएको छ। सो अवधिमा संक्रमणका कारण १ जनाको मृत्यु भएको छ। अहिलेसम्म कोरोनाबाट ११ हजार ४ सय ९६ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार सक्रिय संक्रमितको संख्या ७ हजार १ सय ६४ रहेको छ। आइतबार ३७० जना कोरोना संक्रमणमुक्त भएका छन्।