नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न सबै राजनीतिक दलहरु तयार रहेको बताएका छन् । शान्ति प्रक्रियाको बाँकी कामका रुपमा रहेको द्वन्द्वकालिन घटनाको सत्यतथ्य छानविन गरी मेलमिलापको वातारण तयार गर्न सबै राजनीतिक दलहरु प्रतिवद्ध रहेको अध्यक्ष दाहालले बताएका छन् ।
विस्तृत शान्ति सम्झौता सम्पन्न भएको १५ औं वर्षको अवसरमा अध्यक्ष दाहालले आइतबार जारी गरकेो विज्ञप्तिमा द्वन्द्वकालमा भएका घटनाको सत्यतथ्य छानविन गरी सार्वजनिक गर्न, पीडितहरुलाई परिपूर्ण र संक्रमणकालिन न्यायको मान्यतामा आधारित छानविनको प्रक्रियाबाट टुङ्गोमा पुर्याइ समाजमा मेलमिलाप गर्न प्रतिवद्ध रहेको उल्लेख छ।
यस्तै द्वन्द्वकालमा भएका कमिकमजोरीहरुको छानविन गरी सत्य तथ्य सार्वजनिक गर्न हामी तयार छौं,’ विज्ञप्तिमा भनिएको छ। सहिद तथा वेपत्ता परिवार, घाइते, विस्थापितलगायतका पीडितहरुसँगको परामर्शमा अन्तर्राष्ट्रिय मापदण्डको परिपालना गर्दै नेपाली मौलिकतामा विधेयकलाई परिमार्जन गरी आमागी संसद अधिवेसनबाट टुंगो लगाइने विज्ञप्तिमा उल्लेख छ।
उता, नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले द्वन्द्वकालिन घटनामा आममाफी दिन नसक्ने बताएका छन्। अध्यक्ष ओलीले द्वन्द्वकालमा भएका मानवता विरोधी ज्यादती तथा मानव अधकार उल्लंघनका गम्भीर घटनालाई आममाफी दिने कुरामा सहमत हुन नसक्ने बताएका हुन्।
विस्तृत शान्ति शान्ति सम्झौता सम्पन्न भएको १५ औं वर्षको अवसरमा अध्यक्ष ओलीले आइतबार विज्ञप्ति जारी गर्दै द्वन्द्वकालमा भएका मानवता विरोधी ज्यादती तथा मानव अधिकार उल्लंघनका गम्भीर घटनामा आममाफी दिने कुरामा सहमत हुन नसक्ने बताएका हुन्।
‘नेपालको शान्ति प्रक्रियामा हाम्रो घरेलु प्रयासद्वारा मौलिक रुपमा अघि बढेको यर्थाथलाई आत्मसाथ गर्दै हमी संक्रमणकालीन न्यायलाई पनि नेपाली नेतृत्वमा तार्किक निष्कर्षमा पुर्याउनुपर्ने मान्यता राख्दछौं,’ विज्ञप्तिमा उल्लेख छ।
उनले आफू सरकारमा रहँदा द्वन्दवबाट पीडित भएका नागरिकले भोग्नुपरेका पीडाको सम्बोधन गर्न तयार भएको तर राजनीतिक पक्षहरुको अनिइच्छा र परस्पर विरोधी अडानका कारण चाहेर पनि सम्बोधन गर्न नसककेको स्पष्ट पारेका छन्।