कार्यवाहक आइजिपीको लफडामा गृहमन्त्री समेत तानिए, किन पाललाई बाइपास गरियो ?

  • प्रकाशित मिति : २०७८ मंसिर ५, आईतवार
  • chhanbin.com

नेपाल प्रहरीमा कार्यवाहक आइजिपीको विवाद देखिएको छ । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री इन्टरपोल महासचिवालयको आयोजनामा टर्कीको ईस्तानबुलमा २०७८ आयोजना गरेको इन्टरपोलको ८९औं महासभामा सहभागी हुन त्यसतर्फ जाँदा उनले एआइजी निरजबहादुर शाहीलाई कार्यबाहकको जिम्मेवारी दिएका छन् । एआइजी हरि पाल १ नम्बर एआइजी भएपछि शाहीलाई जिम्मेवारी दिएपछि पाल विदामा बसेका छन् । शाही प्रहरी एकेडेमी तथा पाल महानगरीय प्रहरी कार्यालयमा कार्यरत छन् ।

स्रोतका अनुसार गृहमन्त्री वालकृष्ण खाणको निर्देशनमा पाललाई कार्यवाहकको जिम्मेवारी नदिइएको हो । पछिल्लो समय खाण र पालबीच बोलचाल बन्द जस्तै छ । सोही कारण उनले अन्य एआइजीलाई कार्यवहाक बुझाउन भनेका थिए । गत साता भारत भ्रमणमा जाँदा पनि एआइजी प्रद्युम्न कार्कीलाई कार्यबाहकको जिम्मेवारी दिइएको थियो ।