गृह मन्त्रालयले सरुवाका नाममा डीआईजीलाई जब एसएसपी बनाइदियो

  • प्रकाशित मिति : २०७८ मंसिर ५, आईतवार
  • chhanbin.com

नेपाल प्रहरीका केही प्रहरी नायब महानिरीक्षक (डीआईजी) लाई गृह मन्त्रालयले दबरबन्दी नै नभएको ठाउँमा सरुवा गरेको छ।

लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआईजी मुकुन्द आचार्यलाई काठमाडौंस्थित लागुऔषध नियन्त्रण ब्युरोमा ​काजसरुवा गरिएको हो। जहाँ पहिले डीआईजीको दरबन्दी भए पनि हाल एसएसपीकाे मात्रै छ। लुम्बिनी प्रदेश प्रहरी प्रमुखको जिम्मेवारीमा भने डीआईजी प्रकाश अधिकारीलाई पठाइएको छ। यसअघि उनी प्रहरी प्रधान कार्यालय मातहतको प्रबन्ध निर्देशनालय थिए।

उनको स्थानमा भने प्रहरी महानिरीक्षकको सचिवालयमा कार्यरत डीआईजी वसन्तकुमार लामालाई पठाइएको छ।