२२ एसपीको सरुवा, को कहाँ पुगे ? लुम्बिनी प्रदेश र ललितपुर प्रहरी प्रमुख पनि फेरिए

  • प्रकाशित मिति : २०७८ मंसिर ५, आईतवार
  • chhanbin.com

नेपाल प्रहरीले २२ प्रहरी उपरीक्षक (एसपी)को सरुवा गरेको छ । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीको शनिबारको निर्णयानुसार प्रहरी उपरीक्षकको सरुवा गरिएको हो । यसअघि २९ कात्तिकमा पनि आठ एसपीको सरुवा भएको थियो ।

यसपटक मानव बेचविखन अनुसन्धान ब्युरोका अनुरागकुमार द्विवेदीलाई सुदूरपश्चिम प्रदेश सशस्त्र प्रहरी गण कैलाली, महानगरीय प्रहरी परिसर काठमाडौंका रमेशकुमार बस्नेतलाई जिल्ला प्रहरी कार्यालय पर्सा, मकवानपुरका सोमेन्द्रसिंह राठौरलाई प्रहरी प्रधान कार्यालय युएन जगेडामा र जिल्ला प्रहरी कार्यालय स्याङ्जामा कार्यरत होविन्द्र बोगटीलाई प्रहरी प्रधान कार्यालयको कानुन शाखामा सरुवा गरिएको छ ।

यस्तै अबिनारायण काफ्लेलाई अख्तियारबाट सप्तरी, कृष्ण प्रसाईँलाई जनकपुरबाट सर्लाही, टीकाबहादुर केसीलाई काठमाडौंबाट लुम्बिनी प्रदेश सशस्त्र प्रहरी गण, तुलबहादुर कार्कीलाई नुवाकोटबाट २ नम्बर प्रदेश प्रहरी कार्यालय, दिनेशराज मैनाली तनहुँबाट महानगरीय प्रहरी परिसर काठमाडौं, ध्रुवराज राउतलाई प्रहरी प्रधान कार्यालयबाट अख्तियार र प्रकाश रानाभाटलाई धनुषाबाट पोखरामा सरुवा गरिएको छ ।

यस्तै प्रहरी उपरीक्षक वसन्त रजौरेलाई प्रहरी प्रधान कार्यालयबाट धनुषा, बेलबहादुर पाण्डेलाई पर्साबाट प्रहरी प्रधान कार्यालय, भुवनेश्वर तिवारीलाई सुदूरपश्चिम प्रदेशबाट सुर्खेत, महेन्द्र खड्कालाई धादिङबाट सुदूरपश्चिम प्रदेश, राकेश सिंहलाई सुर्खेतबाट धादिङमा पठाइएको छ ।

प्रहरी उपरीक्षक राजीवबहादुर बस्नेतलाई प्रदेश प्रहरी कार्यालय पोखराबाट स्याङ्जा, राजेन्द्रप्रसाद धमलालाई सप्तरीबाट मानव बेचविखन अनुसन्धान ब्यूरो, राजेन्द्रबहादुर रेग्मीलाई कैलालीबाट तनहुँ, रामप्रकाश शाहलाई बाँकेबाट नुवाकोट, सन्तोषसिंह राठौरलाई सर्लाहीबाट काठमाडौं उपत्यका प्रहरी कार्यालय र सुरेन्द्रबहादुर गुरुङलाई प्रहरी प्रधान कार्यालयबाट जिल्ला प्रहरी कार्यालय मकवानपुरमा सरुवा गरिएको छ ।
त्यस्तै गृह मन्त्रालयले लुम्बिनी प्रदेश प्रहरी प्रमुख डीआईजी मुकुन्दराज आचार्य र ललितपुर प्रहरी प्रमुख किरण बज्राचार्यको सरुवा गरेको छ । प्रहरी प्रवक्ता एसएसपी बसन्त कुँवरका अनुसार डीआईजी आचार्यलाई लागू औषध नियन्त्रण ब्युराे तानेर उनको ठाउँमा प्रहरी प्रधान कार्यालयको प्रबन्ध निर्देशनालयमा कार्यरत डीआईजी प्रकाश अधिकारीलाई पठाइएको छ ।

त्यस्तै ललितपुर प्रहरी प्रमुख बज्राचार्यलाई प्रहरी मुख्यालय नक्साल सरुवा गरेर उनको ठाउँमा एसएसपी यज्ञविनोद पोखरेललाई ललितपुर प्रहरी प्रमुखको जिम्मेवारी दिइएको छ ।

पोखरेल प्रहरी प्रधान कार्यालय नक्सालमा थिए । डीआईजी आचार्य समया अवधि नसकिँदै तानिएका हुन् भने एसएसपी बज्राचार्यको समय अवधि पुगेपछि सरुवा भएको हो ।