थपिए २९६ कोरोनाका बिरामी,३६९ निको हुँदा ५ ले ज्यान गुमाए

  • प्रकाशित मिति : २०७८ मंसिर ३, शुक्रबार
  • chhanbin.com

पछिल्लो २४ घण्टामा २९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार अद्यावधिक गरेको विवरण अनुसार ९ हजार ९७२ नमूना परीक्षणमा उक्त संख्यामा संक्रमण भएको पुष्टि भएको हो।

यस्तै पछिल्लो २४ घण्टामा ५ जना संक्रमितको मृत्यु भएको छ। योसँगै कुल संक्रमित मृतकको संख्या ११ हजार ४९४ पुगेको छ। मन्त्रालयका अनुसार थप ३६९ जना संक्रमणमुक्त भएका छन्। यससँगै हालसम्म कोरोना संक्रमणमुक्त हुनेहरूको संख्या ७ लाख ९९ हजार ५४५ पुगेको छ।