यी तीन कम्पनीको सेयर लिलामी खुला, कुनको मूल्य कति ?

  • प्रकाशित मिति : २०७८ मंसिर ३, शुक्रबार
  • chhanbin.com

प्रुडेन्सियल क्यापटिल म्यानेजमेन्ट कम्पनीले आजदेखि आफ्नो स्वामित्वमा रहेको तीन कम्पनीको संस्थापक सेयर लिलामी ल्याएको छ । कम्पनीले २ वाणिज्य बैंक र एक लघुवित्तको संस्थापक सेयर लिलामी विक्री खुला गरेको हो ।

कम्पनीले प्रभु बैंकको ५० हजार कित्ता, प्राइम कमर्शियल बैंकको ६६ हजार ६७५ कित्ता र नेपाल ग्रामीण विकास लघुवित्तको ३५ हजार कित्ता सेयर लिलामीमा ल्याएको हो ।

इच्छुक लगानीकर्ताले न्यूनतम मूल्य नघटाई आफूले किन्न चाहेको मूल्य स्पष्ट खुलाई आवेदन दिनुपर्नेछ । कम्पनीले प्राइम बैंकको सेयरमा न्यूनतम मूल्य २२५ रुपैयाँ, प्रभु बैंकको २०५ रुपैयाँ र नेपाल ग्रामीण विकास लघुवित्तको सेयरमा ३५० रुपैयाँ भाउ तोकेको छ ।

लिलामी सेयर खरिदका लागि सम्बन्धित संस्थाका विद्यमान संस्थापकका साथै अन्य व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले आवेदन दिन सक्नेछन् ।

तीनै कम्पनीको मंसिर १० गतेसम्म बोलपत्र पेश गर्न सकिनेछ । सबै कम्पनीको सेयरमा न्यूनतम २ हजार कित्ता वा अधिकतम सम्पूर्ण कित्ताका लागि पनि आवेदन दिन सकिनेछ । लगानीकर्ताले तोकिएको मितिभित्र एनआइसी एसिया क्यापिटल, बबरमहल काठमाडौंमा आवेदन बुझाउनु पर्नेछ ।