काठमाडौं-७ प्रदेशसभा ‘क’ र काठमाडौं–९ प्रदेशसभा ‘ख’मा प्रकाशमान निकटका नेता बिजयी

  • प्रकाशित मिति : २०७८ मंसिर ३, शुक्रबार
  • chhanbin.com

नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत जारी प्रदेशसभा क्षेत्रीय अधिवेशनको नतिजा आउन सुुरु भएको छ ।संघीय राजधानी रहेको काठमाडौंको निर्वाचन क्षेत्र नम्बर–७ अन्तर्गत प्रदेशसभा निर्वाचन क्षेत्र ‘क’को नेतृत्व चयन सम्पन्न भएको छ ।

भर्खरै सार्वजनिक नतिजा अनुसार नेता प्रकाशमान सिंहनिकट नवीन मानन्धर प्रदेश सभापति बन्न सफल भएका छन् । मानन्धर काठमाडौं महानगरपालिका वडा नम्बर–१७ का वडाध्यक्ष पनि हुन् ।

क्षेत्रीय प्रतिनिधि सुशान्त आचार्यले दिएको जानकारीअनुसार उनी सर्वसम्मत सभापति बनेका हुन् । यस्तै, उपसभापतिमा भवेश्वर घिमिरे र पुरुषोत्तममान महर्जन चयन भएका छन् । दुई सचिवमा शिव बोहरा र बलकृष्ण महर्जन चयन भएका छन् । सहसचिवमा आश्मा शाक्य चयन भएकी छन् ।

त्यस्तै क्षेत्रीय अधिवेशनअन्तर्गत काठमाडौंं निर्वाचन क्षेत्र नम्बर–९ को प्रदेश ‘ख’को नतिजा आएको छ ।भर्खरै सार्वजनिक नतिजा अनुसार नेता प्रकाशमान सिंहनिकट राजेन्द्रप्रसाद भट्टराई सभापति बन्न सफल भएका छन् । आफू सर्वसम्मत सभापतिमा चयन भएको भट्टराईले जानकारी दिए ।

भट्टराईका अनुसार उसपभापतिमा रमेश गौतम र रामसिंह ठकुरी चयन भएका छन् । यस्तै, सचिवमा माधव भुसाल र देवेन्द्रराज गिरी चयन भएका छन् । सर्वसम्मत चयन भएको समितिमा सहसचिवको जिम्मेवारी माधव खतिवडा र दिलीप रिसालले पाएका छन् ।