वकिललाई किच्याउने धम्की दिने यी दुई भाईलाई प्रहरी मध्यरातमा पार्यो कर्याप्पै

  • प्रकाशित मिति : २०७८ मंसिर ३, शुक्रबार
  • chhanbin.com

कानुन व्यवसायीमाथि अभद्र व्यवहार दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । बिहीबार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै आन्दोलनमा उत्रिएका कानुन व्यवसायीलाई अभद्र व्यवहार गर्ने तीर्थ ढकाल र सिताराम श्रेष्ठलाई पक्राउ गरिएको काठमाडौं प्रहरी परिसरका एसपी रमेश बस्नेतले जानकारी दिए ।

ढकाललाई बौद्ध र श्रेष्ठलाई मुलपानीबाट गएराति पक्राउ गरिएको एसपी बस्नेतले बताए । ढकाल र श्रेष्ठले नेपाल बार एसोसिएसनको कार्यालयभित्र प्रवेश गरेर कानुन व्यवसायीमाथि हातपातकाे प्रयास समेत गरेका थिए । उनीहरू दुवै जनामाथि अभद्र व्यवहार मुद्दा चलाइएकाे प्रहरीले जनाएकाे छ । वकिलको कालोकोट च्यात्ने धम्की दिदै उनीहरुले भौतिक हमला गर्ने धम्कि दिएका थिए।