८ हजार ९ सय नयाँ नेतृत्व आउने गरि आज कांग्रेसको प्रदेश निर्वाचन क्षेत्र अधिवेशन हुँदै

  • प्रकाशित मिति : २०७८ मंसिर ३, शुक्रबार
  • chhanbin.com

नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत आज प्रदेश निर्वाचन क्षेत्र अधिवेशन हुँदैछ। देश संघीय व्यवस्थामा गएसँगै कांग्रेसले पहिलोपटक प्रदेश निर्वाचन क्षेत्र अधिवेशन गर्दैछ। देशभर ३३० वटा प्रदेश निर्वाचन क्षेत्र रहेका छन्। कांग्रेस विधानअनुसार प्रदेश निर्वाचन क्षेत्र अधिवेशनबाट एक सभापति, दुई उपसभापति, दुई सचिव र दुई सहसचिवसहित १६ जना कार्यसमिति सदस्य निर्वाचित हुनेछन्। नवनिर्वाचित सभापतिले कोषाध्यक्ष र २० प्रतिशत सदस्य मनोनीत गर्नेछन्।

केही जिल्लामा कांग्रेसका वडा अधिवेशनसमेत हुन सकेको छैन। त्यसैले एकैपटक ३३० वटै प्रदेश निर्वाचन क्षेत्रमा अधिवेशन हुनेछैन। कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले मंसिर ३ मा अधिवेशन हुन नसकेका प्रदेश निर्वाचन क्षेत्रमा निर्वाचन समितिले नयाँ मिति तय गरेर अधिवेशन गराउने बताए। उनका अनुसार आज प्रदेश निर्वाचन क्षेत्र अधिवेशन उद्घाटन तथा उम्मेदवारी दर्ता हुनेछ। आज उम्मेदवारी निर्विरोध नभएका प्रदेश निर्वाचन क्षेत्रमा शनिबार मतदानमार्फत निर्वाचित गरिने उनले जानकारी दिए।

नेपाली कांग्रेसले प्रदेशसभा अधिवेशनबाट ८ हजार ९ सय भन्दा बढी एकैपटक नेतृत्व तहको जिम्मेवारीमा ल्याउने भएको छ। पहिलोपटक प्रदेशसभा अधिवेशन गर्न लागेको कांग्रेसले ३३० वटा प्रदेशसभाबाट एकैपटक करिब ९ हजार नेतालाई अधिवेशनमार्फत जिम्मेवारी दिन लागेको हो।

‘पहिलोपटक हुन लागेको प्रदेशसभा अधिवेशनमा प्रत्येक प्रदेश क्षेत्रबाट २७ जनाको कार्यसमिति चयन हुनेछ,’ निर्वाचन समितिका सचिव केशव रिजालले भने, ‘३३० वटा प्रदेशसभाबाट आउनेको संख्या करिब ९ हजार हुनेछ, यो पुरै नयाँ नेतृत्व हो।’ उनकाअनुसार एक सभापति, दुई उपसभापति, दुई सचिव र दुई सह-सचिवसहित १६ जना कार्यसमिति सदस्य निर्वाचित हुनेछन् भने नवनिर्वाचित सभापतिले कोषाध्यक्ष र २० प्रतिशत अर्थात ४ जना मनोनित गर्नेछन्।

सर्लाहीसहित केही वडामा अधिवेशन हुन नसकेकाले ३३० वटै प्रदेशसभा निर्वाचन क्षेत्रमा अधिवेशन भने नहुने सम्भावना देखिएको छ। ‘सर्लाहीलगायत केही जिल्लामा वडा र स्थानीय तहको अधिवेशन हुन नसकेकाले ३३० प्रदेशसभामा अधिवेशन हुन नसके पनि गराउने प्रयत्न जारी छ,’ कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले भने।

केही जिल्लामा कांग्रेसका वडा अधिवेशनसमेत हुन सकेको छैन। त्यसैले एकैपटक ३३० वटै प्रदेश निर्वाचन क्षेत्रमा अधिवेशन हुनेछैन। कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले मंसिर ३ मा अधिवेशन हुन नसकेका प्रदेश निर्वाचन क्षेत्रमा निर्वाचन समितिले नयाँ मिति तय गरेर अधिवेशन गराउने बताए। उनका अनुसार आज प्रदेश निर्वाचन क्षेत्र अधिवेशन उद्घाटन तथा उम्मेदवारी दर्ता हुनेछ। आज उम्मेदवारी निर्विरोध नभएका प्रदेश निर्वाचन क्षेत्रमा शनिबार मतदानमार्फत निर्वाचित गरिने उनले जानकारी दिए। प्रदेश निर्वाचन क्षेत्र अधिवेशनले कांग्रेसका प्रदेश महाधिवेशन प्रतिनिधिसमेत चयन गर्नेछ।