प्रारम्भिक बालविकास तथा सहयोगी (ईसीडी) शिक्षकलाई शिक्षक सेवा आयोगले स्थायी गर्ने प्रक्रिया अगाडी बढाउने भएको । ३८ हजार अस्थायी शिक्षक मध्ये बाटै दश हजारलाई निश्चित मापदण्ड बनाएर यही आर्थिक बर्ष भित्रै स्थायी गर्न समेत शिक्षा मन्त्रालयले शिक्षक सेवा आयोगलाई प्रक्रिया अगाडी बढाउँन भनेको मन्त्रालयको उच्च श्रोतले बतायो।
शिक्षक दरबन्दी नहुने र स्थानीय स्रोतबाट परिचालन गर्दै आएका शिक्षकलाई पनि तलब, सेवा सुविधा निर्धारण गर्ने विषयमा पनि छलफल भएको छ। सरकारले प्रारम्भिक बालविकास तथा सहयोगी (ईसीडी) शिक्षकलाई प्रावि सरहकै सेवा सुविधा दिने तयारी गरेको छ। लामो समयदेखि थोरै पारिश्रमिकमा काम गरेका शिक्षकलाई प्रावि सरहको तलब र सेवासुविधा उपलब्ध गराउने विषयमा मन्त्रालयमा छलफल हो। स्थानीय निकायले बढाएको तलब दिन पनि आनाकानी गरेपछि मन्त्रालयले ईसीडी शिक्षकको उद्दार गर्न पहल थालेको हो।