प्रकाशमान खोज्दै चक्सीबारी पुगेका रामचन्द्रलाई सिंहले दिए थचक्कै बस्ने गरिको यस्तो जवाफ

  • प्रकाशित मिति : २०७८ मंसिर २, बिहीबार
  • chhanbin.com

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले वरिष्ठ नेता रामचन्द्र पौडेललाई सभापति पदमा सघाउन आग्रह गरेका छन्। सिंहनिवास चाक्सीबारीमा बिहीबार भएको भेटमा सिंहले यस्तो आग्रह गरेका हुन्। सिंहले पौडेललाई अभिभावक भएर बस्न आग्रह गरेका छन्। आफूलाई सभापतिका लागि सघाउन आग्रह गर्न पौडेल चाक्सीबारी पुगेका थिए।

पौडेलसँगको संवाद उल्लेख गर्दै सिंहले संवाददाताहरुसँग भने, ‘तपाईं कति भारी बोक्नुहुन्छ, अब हामी भारी बोक्न तयार छौं, अब मलाई सहयोग गर्नुस् तपाईं अभिभावक भएर बस्नुस्।’ सिंहले कांग्रेसलाई संस्थागत र विधिसम्मत रुपमा अघि बढाउन आफूले सभापतिमा उम्मेद्‍वारी दिएको बताए। उनले भने, ‘म सभापति भएपछि कांग्रेसलाई भेटिने अवस्थामा पुर्याउनेछु।’