बारले भोली पनि प्रधानन्यायाधीशको बाटो छेक्ने, राजीनामा नदिए झन् चर्किने

  • प्रकाशित मिति : २०७८ मंसिर २, बिहीबार
  • chhanbin.com

नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै भोलि (शुक्रबार) पनि सर्वोच्च अदालतको मूल गेटमा प्रदर्शन गर्ने भएको छ ।

बिहीबार पत्रकार सम्मेलन गरी बारले प्रधानन्यायाधीश जबराले राजीनामा नदिएसम्म आफूहरूको आन्दोलन नरोकिने चेतावनी पनि दिएको छ । बार एसोसिएनका उपाध्यक्ष ईश्वरी प्रसाद भट्टराईले आफूहरूको शान्तिपूर्ण आन्दोलनमा प्रहरी दमन भएकाले छानविन गर्न पनि माग गरे। बार एसोसिएसनले प्रधानन्यायाधीशको राजीनामा माग्दै झण्डै एक महिनादेखि आन्दोलन गर्दै आएको छ । तर, प्रधानन्यायाधीश जबराले आफूले राजीनामा नदिने बताउँदै आएका छन् ।