प्रधानन्यायाधीशले बोलाएको फुलकोर्टको बैठक सुरु

  • प्रकाशित मिति : २०७८ मंसिर २, बिहीबार
  • chhanbin.com

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको नेतृत्वमा फुलकोर्टको बैठक सुरु भएको छ। सर्वोच्चका न्यायाधीशहरुसँग छलफल गरेर इजलास तोक्न गोलाप्रथा लागू गर्न फुलकोर्टको बैठक राखिएको हो।

सर्वोच्चका अधिकांश न्यायाधीशहरु प्रधानन्यायाधीश जबराको विपक्षमा रहेपनि केही दिनअघि पाँचजना न्यायाधीशहरु नियमित काममा फर्किएपछि जबराले फुलकोर्ट बोलाएका हुन्।