वकिललाई किच्याउने भन्दै बारमा उफ्रिने को हुन् ? कालोकोट च्यातचुत पार्न धम्की कसले दियो ?

  • प्रकाशित मिति : २०७८ मंसिर २, बिहीबार
  • chhanbin.com

नेपाल बार एशोसिएशनको भवन परिसरमै कानून व्यवसायीहरुमाथि आक्रमणको प्रयास भएको छ। प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको राजीनामा माग्दै आन्दोलनरत वकिलहरुमाथि आक्रमणको प्रयास भएको हो।

बार भवनमा पदाधिकारी र उपत्यकाका बारका पदाधिकारबीच बैठक चलिरहेको समयमा बाहिर रहेका कानून व्यवसायीमाथि बाहिरी व्यक्तिहरुले आक्रमणको प्रयास गरेका हुन्। बार परिसरमा रहेका वकिलहरुलाई एक्कासी देखिएका बाह्य चारजना व्यक्तिहरुले धम्क्याउँदै आक्रमणको प्रयास गरेपछि वकिलहरु पनि उनीहरुमाथि जाइलागेका थिए।

वकिलमाथि आक्रमणको प्रयास गर्नेहरुले उनीहरुलाई जस्तो पायो त्यस्तै मुद्दा लिएको तथा कालोकोट जलाइदिने जस्ता धम्की दिएका थिए।आक्रमणको प्रयास गर्नेमध्ये एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। बाँकी तीन जना गाडी लिएर भागेका बार परिसरमा रहेका वकिलहरुले बताए।