अरब सागरमा बनेको निम्न चापीय क्षेत्रको प्रभावले ह्वात्तै बढायो चिसो, आजको मौसम कस्तो हुन्छ ?

  • प्रकाशित मिति : २०७८ मंसिर २, बिहीबार
  • chhanbin.com

चिसो बढ्ने क्रम जारी रहेकाले आवश्यक सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन्। वायुको अधिकतम र न्यूनतम तापक्रम घट्ने क्रममा रहेकाले चिसोबाट बच्न सामान्य सतर्कता अपनाउन जल तथा मौसम पूर्वानुमान महाशाखाले अपिल गरेको हो।

नेपालमा अहिले अरब सागरमा बनेको निम्न चापीय क्षेत्रको आंशिक प्रभाव रहेको मौसमविद्ले बताएका छन्। अहिले बागमती, गण्डकी, लुम्बिनी, कर्णाली तथा सुदूर पश्चिम प्रदेशका भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी क्षेत्रमा आंशिक बदली रहेको छ।

बिहीबार दिउँसो प्रदेश १, बागमती, लुम्बिनी, गण्डकी, कर्णाली र सुदूर पश्चिम प्रदेशका भूभागहरूमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहने छ।

यस्तै राति प्रदेश १, बागमती, लुम्बिनी, गण्डकी तथा कर्णाली प्रदेशका भूभागहरू आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहने महाशाखाले जनाएको छ।