यी हुन् प्रदेश १ का मुख्यमन्त्री राईलाई विश्वासको मत दिने सांसदहरू

  • प्रकाशित मिति : २०७८ मंसिर १, बुधबार
  • chhanbin.com

प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र कुमार राईले विश्वासको मत पाएका छन्। ९२ सदस्य रहेको प्रदेश सभामा राईको पक्षमा ५० मत र विपक्षमा २९ परेको छ । कात्तिक १६ मा संविधानको धारा १६८ को उपधारा २ बमोजिम राई मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

नेकपा एकीकृत समाजवादीका सचिव समेत रहेका राईलाई कांग्रेसको २१, माओवादी केन्द्रका १५, एकीकृत समाजवादीका १०, जनता समाजवादी पार्टीका ३ र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका १ जना गरी जम्मा ५० जना सांसदले समर्थन गरेका थिए ।

यी हुन् मुख्यमन्त्री राईलाई विश्वासको मत दिने सांसदहरू
नेपाली कांग्रेस
१.अगमलाल चौधरी
२.ओम प्रकास सरावागी
३.कल्पना कुमारी सरदार
४.केदार कार्की
५.चन्द्र प्रसाद श्रेष्ठ
६.चुम नारायण तबदार
७.ज्योती सुब्बा
८.नवोदिता कुमारी चौधरी
९.प्रताव प्रकाश हाङगाम
१०.बिन्दिया कार्की
११.महमद ताहिर मिया
१२.राजिव कोइराला
१३.लिला सुब्बा
१४.लोकप्रसाद संग्रौला
१५.विद्यानन्द चौधरी
१६.शान्ता पौडेल
१७.शिवनारायण गनगाई
१८.शेखर चन्द्र थापा
१९.सन्जा कुमारी दनुवार
२०.सुयर्मा राज राई
२१.हिमाल कार्की

नेकपा माओवादी केन्द्र
१.ईन्द्रबहादुर आङबो
२.उमिता विश्वकर्मा
३.कुलप्रसाद साम्बा
४.कुसुम कुमारी श्रेष्ठ
५.झलक कुमारी मगर
६.धिरेन्द्र शर्मा
७.नारायणबहादुर मगर
८.पूर्णप्रसाद राई
९.पूर्णप्रसाद राजवंशी
१०.मोहन कुमार खड्का
११.राम कुमार राई
१२.विजय कुमार विश्वास
१३.सरस्वती पोखरेल
१४.सीता थेवे
१५.सौभाग्य राई

नेकपा एकीकृत समाजवादी
१.उपेन्द्र प्रसाद घिमिरे
२.कृष्णकुमारी राई
३.खिनु लङवा(लिम्बु)
४.गणेशकुमार काम्बाङ्ग
५.पदमकुमारी गुरुङ
६.राजन राई
७.राजेन्द्र कुमार राई
८.सरिता थापा
९.सावित्रा कुमारी रेग्मी
१०.सुनिता कुमारी चौधरी
जनता समाजवादी पार्टी, नेपाल
१.जयराम यादव
२.राधा थापा
३.रामचन्द्र लिम्बु
संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्च
१.विष्णु तुम्बाहाम्फे