३३९ कोरोना संक्रमित थपिँदा १७० संक्रमणमुक्त भए, चार जनाको गयो ज्यान

  • प्रकाशित मिति : २०७८ कार्तिक ३०, मंगलवार
  • chhanbin.com

पछिल्लो २४ घण्टामा नेपालमा ३३९ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । ६ हजार ५०५ पीसीआर परीक्षणमा ३३९ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार जनाएको छ । यो सँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ८ लाख १७ हजार ६७२ पुगेको छ ।

यस्तै एन्टिजेन विधिद्वारा २ हजार ६४४ परीक्षण हुँदा ३८ जनामा पोजिटिभ देखिएको छ । पीसीआर र एन्टिजेन गरी ९ हजार १४९ परीक्षण हुँदा ३७७ मा कोरोना पुष्टि भएको मन्त्रालयको तथ्यांक छ ।

पछिल्लो २४ घण्टामा १७० जना संक्रमणमुक्त भएका छन् । हालसम्म निको हुनेको संख्या ७ लाख ९८ हजार ७१४ रहेको छ । नेपालमा कोरोना संक्रमणबाट थप ४ जनाको मृत्यु भएको छ । हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ४८२ पुगेको छ ।

सक्रिय संक्रमितको संख्या ७ हजार ४७६ रहेको छ । २४ घण्टामा ७९ हजार ५६९ जनाले खोप लगाएका मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।