प्रचण्डको च्याँखे थपाईले जन्मिएको भनिएको संयन्त्रको बैठक बस्दै, के-के छन् अजेण्डा ?

  • प्रकाशित मिति : २०७८ कार्तिक ३०, मंगलवार
  • chhanbin.com

 

सरकार सञ्चालनमा सहयोगका लागि सत्ता गठबन्धनको तर्फबाट गठन भएको उच्चस्तरीय राजनीतिक संयन्त्रको पहिलो बैठक आज बस्दैछ।
कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलको नेतृत्वमा गठन गरिएको उक्त संयन्त्रको पहिलो बैठक दिउँसो २ बजे सिंहदरबारमा बस्न लागेको हो।

बैठकमा सरकार सञ्चालनमा सत्तारुढ दलहरुको नीतिअनुसार के कसरी सहयोग गर्न सकिन्छ भन्ने बारेमा छलफल हुने संयोजक पौडेलले जानकारी दिए। आजको बैठकमा राष्ट्रियसभा निर्वाचनमा पनि सत्तारुढ दलहरुको बीचमा हुने तालमेल बारेमा पनि छलफल हुनेछ।

संयुन्त्रमा पौडेलसँगै कांग्रेसबाट नेता कृष्णप्रसाद सिटौला, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नारायणकाजी श्रेष्ठ, नेकपा एसका अध्यक्ष माधव नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादव तथा जनमोर्चाका चित्रबहादुर केसी र दुर्गा पौडेल छन।

कांग्रेस भित्र उक्त संयन्त्रको चर्को आलोचना भएको छ। प्रचण्डको च्याँखेमा रामचन्द्र फसेको भन्दै प्रकाशमान सिंह लगाएका नेताले चर्को आलोचना गरेका छन्। आजको बैठकमा अदालतको लफडा सहितका बिषयमा छलफल हुने श्रोतले बताएको छ ।