नेपाली कांग्रेस यतिबेला महाधिवेशनको चटारोमा छ। केही जिल्लामा यस अघि नै भएपनि बाँकी जिल्लामा मंसिर ३ गते अधिवेशन हुँदैछ। नेतृत्व हत्याउन चर्को प्रतिष्पर्धा हुने संकेत देखिन थालेका छन्। कांग्रेसको आन्तरिक राजनीतिमा सधै चर्चाको केन्द्रमा रहने नुवाकोटमा झन् तिब्र ढंगले नेतृत्व हत्याउन सबै दिलोज्यान दिएर लागिपरेका छन्।
केन्द्रको राजनीतिमा सोझै प्रभाव पर्ने भएर पनि नुवाकोटमा सबैको चासो हुने गरेको हो। चर्को प्रतिष्पर्धा बाट नेतृत्वमा पुग्नु पर्ने भएकाले नुवाकोटमा कांग्रेसको राजनीति झन् बढी लाग्ने गरेको छ। त्यहि चर्को मध्येकै राजनीतिको अर्को क्षेत्र नुवाकोट १ को प्रदेशमा ख मा चुनावी सरगर्मी ह्वात्तै बढेको छ। जुझारू र विकाशशील नेता रामजी पौडेलको नेतृत्वमा प्यानल बनाएर चुनावी प्रचार तिब्र पारिएको छ।
यस्तो छ पौडेल प्यानलको अपिल
राष्ट्रियता ! लोकतन्त्र ! समाजवाद !
नेपाली कांग्रेसको १४ औँ महाधिवेशन
नुवाकोट क्षेत्र नं. १ प्रदेश ख
संगठित कांग्रेस हाम्रो आह्वान, रामजी प्यानलमा गरौँ मतदान
आदरणीय क्षेत्रीय प्रतिनिधि, आमाबुबा, दाजुभाई, तथा दिदीवहिनीहरु
जय नेपाल !!!
वर्तमान सन्दर्भमा हामीहरुल नेपालको जेष्ठ,श्रेष्ठ र लोकतान्त्रिक पार्टी नेपाली कांग्रेसको १४ औँ महाधिवेशनको महामेलामा जुटिरहेका छौँ । हामी राष्ट्रियता, प्रजातन्त्र र समाजवादका सैद्धान्तिक प्रणेता महामानव वीपी कोइरालाको सच्चा वैचारिक अनुयायी हौँ । चारतारे भण्डा हाम्रो सान हो, गौरव हो किनकी झण्डाका चार ताराहरु सार्वभौम स्वाधीन नेपालमा राष्ट्रियता, स्वतन्त्रता, समृद्धि र समानताको प्रकाशले चम्की रहेका छन् ।
वि.सं. २०१५ सालमा रोपिएर मलजल र गोडमेलले हुर्किदै आएको कल्पवृक्ष समानको हाम्रो रुखले नेपालीजनलाई शीतल छहारी प्रदान गर्दै आएको छ । नवीन आशा र भरोसाको कन्द्र समेत बनेको छ । त्यसैले त चारतारे झण्डा र यो कल्पवृक्षलाई हामी न झुक्न दिनेछौँ, न ढल्ल नै। यही ऊर्जाका साथ हामी यो १४ औँ महाधिवेशनको महाकुम्भमा होमिएका छौँ । यसलाई सभ्यता र भव्यताका साथ सफल बनाउनु आजको हाम्रो एक मात्र महासंकल्प बनेको छ ।
वाद, प्रतिवाद र संवादलेलोकतान्त्रिक पार्टीलाई जीवन्त राख्दछ भने अतिवादले सर्वनाशको बाटो अंगिकार गरेको हुन्छ । आन्तरिक प्रतिप्रर्धा लोकतन्त्रको समुन्नत अभ्यासहो । यो प्रक्रियामा मत विभाजन हुन सक्छ तर मन विभाजनको परिवल्पनाकिमार्थ गर्न सकिदैँन ।
नेविसंघ राजनीतिदेखि वर्तमान कांग्रेसको राजनीतिका अनेकन उतारचढाव र मेरा राजनैतिक दौरानका शिक्षाले पढाएका यिनै पाठहरुले नै आज मलाई नुवाकोट जिल्ला नेपाली कांग्रेस क्षेत्रनं. १ प्रदेश (ख) को सभापति पदको उम्मेदवार बन्ने प्ररणा मिलेको छ रसफलताको ऊर्जामय जोस पनि मिलिरहेको छ । जहानीयाँ परिवारवादमा रुमलिएको साथै डननीति, धननीति रअहंनीतिले जकडिएको नेपाली कांग्रेस नुवाकोटको राजनैतिक विकृतिलाईअन्त्य गर्दै पार्टीलाई सैद्धान्तिक, वैचारिक र गतिशिल लोकतान्त्रिक पद्धतिमा प्रतिस्थापन गर्ने अठोटका साथ हामीले यो वैचारिक समूह निर्माण गरेका हौँ ।
१०४ वर्षिय जहानीयाँ राणा शासनको त अन्त्य गर्ने कांग्रेस हामी २ दशकको वैचारिक जडताले भरिएको जहानीयाँ दाशताको जंजिरबाट नुवाकोटको कांग्रेस पार्टीलाई सहजै उन्मक्ति दिलाउने ताकत राख्दछौँ । रामजी पौडेलको नेतृत्वमा दीपक लामा, रविन्द्र तामाङ्ग,सुर्यबहादुर कार्की, नित्यराज ढुंगाना, सुन्दर श्रेष्ठ, सचिन्द्र कुमार लामिछाने सहित १८ सदस्यीय प्रतिनिधि मण्डलका होनहार परिवर्तनका संबाहक,कर्मठ, सांगठनिक प्रतिबद्ध साथै जुझारु योद्धाहरुले बनेको यो समूह नै हजुरको दुःख सुःखका सच्चा सहयात्री हुन् ।
डा. रामशरण महत, डा.प्काशशरण महत, बहादुरसिंह लामा, ध्रुव अधिकारी, महेन्दै थिब,रमेशकुमार महत, ध्रुब श्रेष्ठ, कृष्ण बहादुर लामा, अर्जुनप्रसाद न्यौपाने,सन्तमान तामाङ्ग सहितको लगभग पूरै नुवाकोट कांग्रेसको एकताबद्ध वैचारिकधारको समर्थनको बलियो जगमा खडा भएको यो समूह विजयको दरिलोसुनिश्चितता पनि प्रस्तुत गर्दछ । अर्को समूह जस्तो सिर्फ पदको लागि नेतृत्व डप्ने हाम्रो ध्येय होइन् । हामी त खास अर्थ र लक्ष्यका साथ नेतृत्व दावीगर्दैछौँ । जीतसँगै पार्टी भित्रको तमाम बेथिति, कुसंस्कार र विसंगतिहरुनिर्मूल अन्त्य गर्दै स्वच्छ र स्वस्थ कांग्रेसको पुनः निर्मण गर्नेछौँ ।हाम्रा अग्रजहरुका अनुभव र आशिर्वादलाई शिरोधार्य गर्दै युवाहरुमाभएको ऊर्जा र क्षमतालाई प्रोत्साहन गर्नेछौँ साथै सबल, सक्षम, सुदृढ,एकताबद्ध र गतिशिल कांग्रेस निर्माण गर्दै जाने प्रतिवद्धता व्यक्त गर्दछौँ।
बर्षौँदेखिको परिवारवादले नेतृत्व गरेको संस्कारलाई तोडेर सामूहिकनेतृत्वको सुनिश्चितता गर्नेछौँ र पार्टीमा सबैको अपनत्वको महसुसदिलाउँनेछौँ । व्यक्तिमुखी अथवा नेतामुखी पद्धतिलाई नीतिमुखी बनाउने छौँ । पार्टीको भविष्यसँगै आम कार्यकर्ताको समेत भविष्यलाई सुनिश्ति गर्दै क्षमतावान र लगनशिल साथीहरुको सम्मानित मूल्यांकन गर्दैउचित व्यवस्थपन गर्नेछौँ, पदको पगरी गुथेर संगठनको काममासिन्कोनभाच्ने प्रवृतिको अन्त्य गर्नेछौँ भने संगठनमा खटेर काम गर्नेसाथीहरुको हमेशा मूल्यांकलन गर्नेछौँ ।
पार्टीमा विचार, बहस, सिद्धान्तर नीति लगभग समाप्तको अवस्थामा पु¥याइएको छ । हाम्रो जितसँगै वडास्तरदेखि नै सैद्धान्तिक वहस, प्रशिक्षण, गोष्ठी, सभा सेमिनारहरु संचालन गर्दैप्रशिक्षित कार्यकर्ता उत्पादन गर्नेछौँ । पार्टीलाई प्रविधिमैत्रीबनाउँदै लानेछौँ । पार्टीका हरेक गतिविधिहरु डिजिटलाइज गर्दैलानेछौँ । पार्टीलाई मागी खाने भाँडो बनाउने छैनौँ ।अध्ययनशील, उद्यमशील, स्वरोजगारी र गरी खाने कांग्रेसको निर्माण गर्नेछौँ । मूलतः नुवाकोट जिल्लामा तीनै तहको निर्वाचनमा गुमेको साखलाई पुनर्स्थापित गर्दै फेरि एकपटक नुवाकोट जिल्ला कांग्रेसको किल्ला नारालाई चरितार्थ गर्नेछौँ । यस प्रदेश अन्तर्गतका २२ वटै वडा,४ पालिका र १ प्रदेश सभामा विजयको चारतारे भण्डा फहराउँदै क्षेत्र र जिल्लामा समेत विजयध्वजा फहराउने छौँ ।
यिनै प्रतिबद्धताहरु परिपालनको परिपूर्ण प्रण गर्दै अन्त्यमा अतितको सुमधुर सम्झना, वर्तमानको सौहार्दता, प्रमसँगै स्नेह र भविष्यको सुदृढ कांग्रेसको सुनौलो सपनाको सुभेच्छा सहित हजुरहरुको मनमनसम्मको बसोबास खोजिरहेका छौँ । आशा मात्रै हैन, हामीलाई पूर्ण विश्वास समेत छ कि हजुरको त्यो फराकिलो हृदयमा हाम्रो समूहलाई स्थान अवश्य मिल्नेछ र राम्रो अनि हाम्रो रामजी समूहका सम्पूर्ण साथीहरुलाई
अत्यधिक बहुमतले विजयी गराउनु हुने छ ।
जयनेपाल !!!
–नुवाकोट क्षेत्र नं. १ (ख) प्रचार–प्रसार समिति
९८४१६७९२५५, ९८५१११४२८३, ९८५१०८५४२०