जिल्ला सभापतिको उम्मेदवारी शुल्क कांग्रेसले तोक्यो १० हजार

  • प्रकाशित मिति : २०७८ कार्तिक ३०, मंगलवार
  • chhanbin.com

नेपाली कांग्रेसले उम्मेदवारी दर्ता शुल्क तोकेको छ । कांग्रेसले १४औं महाधिवेशनका लागि विभिन्न तह र पदको उम्मेदवारीका लागि शुल्क तोकेको हो । कांग्रेसले जिल्ला सभापतिको लागि उम्मेदवारी शुल्क १० हजार तोकेको छ ।

यस्तै उपसभापति र सचिवका लागि सात हजार शुल्क निर्धारण गरिएको छ । जिल्ला सहसचिवका लागि ६ हजार र सदस्यका लागि तीन हजार शुल्क निर्धारण गरिएको कांग्रेसले जनाएको छ ।

पार्टीको अनुसूची २५ अनुसार उम्मेदवारी शुल्क तोकिएको कांग्रेसले जनाएको छ ।