विप्लवको नेपाल बन्दको यस्तो देखियो प्रभाब

  • प्रकाशित मिति : २०७८ कार्तिक ३०, मंगलवार
  • chhanbin.com

पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोधमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आह्वान गरेको नेपाल बन्दको प्रभाव काठमाडौंका सडकमा देखिएको छ ।

मंगलबार विहान अरु दिन व्यस्त हुने सडकहरु कठमाडौंमा सुनसान देखिएका छन् ।

विप्लव समूहले आह्वान गरेको बन्दका कारण सडकमा सार्वजनिक गाडी देखिएका छैनन् । काठमाडौंका सडकमा फाट्टफुट्ट निजी सवारी चाहिँ चलेका छन् । बन्दकर्ताले अहिलेसम्म कहिँकतै जुलुस निकालेका छैनन्, सवारीहरुको आवतजावतमा बाधा पुर्याएका छैनन् ।