यी हुन् काठमाडौं र उदयपुर बाट सर्बसम्मत भएका एमालेका महाधिवेशन प्रतिनिधि (नाम सहित)

  • प्रकाशित मिति : २०७८ कार्तिक २९, सोमबार
  • chhanbin.com

नेकपा (एमाले)को १० औं राष्ट्रिय महाधिवेशन प्रतिनिधि छनोट प्रक्रृया आउनेक्रम जारी छ । महाधिवेशनमा सहभागी महाधिवेशन प्रतिनिधि छनोटका लागि शनिबार देशभर निर्वाचन भएको थियो ।

अहिलेसम्म देशभर ५७ जिल्लाका प्रतिनिधि छनोट प्रकृया सम्पन्न भएको प्रचार विभाग उपप्रमुख सूर्य थापाले जानकारी दिए । एमालेको १० औं महाधिवेशन मंसिर १०–१२ सम्म चितवनको सौराहमा हुँदैछ ।

एमालेले पदेन, खुला र मनोनित गरी तीनवटा मापदण्डका आधारमा एक हजार ९९९ महाधिवेशन प्रतिनिधि छनोट गर्न लागेको हो । केन्द्रीय कमिटी र केन्द्रीय निकाय आयोजक कमिटीका रुपमा पदेन सदस्य रहनेछन् । उनीहरू स्वतः महाधिवेशन प्रतिनिधि रहनेछन् । खुलातर्फ देशभर महाधिवेशन प्रतिनिधि छनोट प्रकृया मंगलबारसम्म आइपुग्ने केन्द्रीय कार्यलय सचिव शेरबहादुर तामाङले जानकारी दिएका छन् ।

काठमाडौंबाट एमालेको महाधिवेशनका लागि ४६ जना सर्वसम्मत रूपमा प्रतिनिधि छनोट भएका छन् । ४६ मध्ये एक जना महिला छनोट हुन बाँकी रहेको थापाले जानकारी दिएका छन् ।

खुलातर्फ

गणेश दुलाल, नारायण भण्डारी, रामप्रसाद अमगाईँ, बुद्धभक्त चित्रकार, सिर्जन शर्मा, श्यामकृष्ण भण्डारी, उद्धव भण्डारी, पञ्चकृष्ण श्रेष्ठ, रामशरण ढुंगाना, निर्मल कुइँकेल, तेज ढकाल, विदुरविक्रम खड्का, नवराज भट्टराई, दीपक निरौला, नारायणभाइ श्रेष्ठ, दीपक केसी, हरि अधिकारी, केशव स्थापित, योगेन्द्र सङ्ग्रौला, लेखनाथ फुँयाल, तिलक सुनुवार, रामवीर मानन्धर, श्याम घिमिरे, विश्वराज सापकोटा, प्रकाश श्रेष्ठ, विद्यासुन्दर शाक्य, डा.अजयक्रान्ति शाक्य, केशव पोखरेल, हरिशरण थापा, श्याम केसी, रामशरण आलेमगर र जनक रिजाल ।

महिलातर्फ

शर्मिला कार्की, सरिता न्यौपाने, सानुकान्छी लामा, विन्दा गौतम, रत्न गुरुङ, शान्ति अधिकारी, तारादेवी मानन्धर, बतिसा महर्जन, मीना काफ्ले र विन्दु महर्जन ।

पेशागत महासंघ नेपाल ५ जना

खुला : बाबुराम थापा, दयाराम बस्याल र सरोज ढकाल ।

महिला : सरस्वती खड्का र गोमा कटुवाल ।

उदयपुरबाट १६ जना

खुला : सैलेश लामा, अम्बर रायमाझी, ज्ञानेन्द्र श्रेष्ठ, उद्धवसिंह थापा, दुर्गाकुमार थापा, प्रमेश्वर घिमिरे, ईश्वरमणि राउत, विमल कार्की, कुशलबाबु बस्नेत र कालु लामा ।

महिला : भीमकुमारी राउत, कला घले ,सिर्जना दनुवार र महेश्वरी राई ।

दलित : खड्कबहादुर परियार र गिरी परियार ।