यी हुन् दाङबाट एमाले महाधिवेशन प्रतिनिधि बनेका २५ जना (नामावली सहित)

  • प्रकाशित मिति : २०७८ कार्तिक २८, आईतवार
  • chhanbin.com

दाङबाट नेकपा एमालेको १०औं राष्ट्रिय महाधिवेशनका लागि सर्वसम्मतिबाट प्रतिनिधि चयन भएका छन् । एमाले महाधिवेशनका लागि
दाङबाट राष्ट्रियसभा सदस्य कोमल वलीसहित २५ जना प्रतिनिधि सर्वसम्मत चयन भएका हुन् ।

महाधिवेशनका लागि खुलातर्फबाट रेवतीरमण शर्मा, राममणी पाण्डे, कुलबहादुर केसी, सहजराम यादव, टिकाराम खड्का, लक्ष्मण आचार्य, टोपेन्द्रबहादुर केसी, भेषराज खत्री, बलिभद्र राना, हुकुमबहादुर बस्नेत, घनश्याम पाण्डे, रामजी चौधरी, भुवनेश्वर पौडेल, मनोहर बुढाथोकी र कृष्णप्रसाद भुसाल प्रतिनिधिमा सर्वसम्मत चयन भएको राष्ट्रियसभा सदस्य कोमल वलीले जानकारी दिइन् ।

उनका अनुसार महिला कोटाबाट सरस्वती गौतम, गंगा चौधरी, तुलसा केसी, हुमा डिसी, कोमल वली, माया आचार्य र धमकली चौधरी चयन भएका छन् ।

यस्तै, दलित कोटाबाट जितेन्द्रमान नेपाली, मानबहादुर विक र निर्मला विक प्रतिनिधिमा चयन भएको उनले बताइन् । उनका अनुसार प्रतिनिधि चयन सर्वसम्मतिमा शनिबार साँझ छानिएको हो । एमालेको १०औँ महाधिवेशन १०-१२ मंसिरमा चितवनमा हुँदैछ ।