२१ बर्षे ठिटा बाट प्रहरीले यसरी बरामद गर्यो एयर गन

  • प्रकाशित मिति : २०७८ कार्तिक २८, आईतवार
  • chhanbin.com

काठमाडौं महानगरपालिका-११ थापाथली डेरा गरी बस्ने कैलाली घर भएका २१ वर्षीय जितेन्द्र नाथ १ थान एयर गनसहित पक्राउ परेका छन्। प्रहरीले उनलाई शनिबार साँझ पक्राउ गरेको हो ।

नाथले कोठामा अवैध हातहतियार लुकाइ राखेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको प्रहरीले कोठा तलासी गर्दा उक्त हतियार फेला पारी उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।