एमाले महाधिवेशनका लागि बाँके बाट चुनिए १५ प्रतिनिधि,युवा विद्यार्थी बाट को-को ? (नाम सहित)

  • प्रकाशित मिति : २०७८ कार्तिक २८, आईतवार
  • chhanbin.com

बाँकेबाट नेकपा एमालेको १०औँ राष्ट्रिय महाधिवेशनका लागि १५ जना प्रतिनिधि सर्वसम्मत चयन भएका छन् । चितवनमा हुने एमालेको १०औँ महाधिवेशनका लागि आइतबार बाँकेबाट देवराज भारसहित १५ जना प्रतिनिधिमा सर्वसम्मत चयन भएका हुन् ।

बाँकेबाट खुलातर्फबाट देवराज भार, सूर्य ढकाल, प्रेम भुषाल, घननाथ खनाल, किस्मत कक्षपती, रत्न खत्री, निरक गुरुङ,अशोक कर्माचार्य र हलिम साह सर्वसम्मत प्रतिनिधिमा चयन भएका छन् ।

यस्तै महिला कोटाबाट भूमिसरा धिताल, विजया धिताल, वसन्ती अधिकारी र भारती खनाल प्रतिनिधिमा चयन भए । यसैगरी दलित कोटाबाट नन्द विश्वकर्मा र पूजन विश्वकर्मा प्रतिनिधिमा सर्वसम्मत चयन भएका छन् ।

एमाले महाधिवेशनका लागि युवा विद्यार्थी विशेष जिल्ला कमिटीबाट चार जना महाधिवेशन प्रतिनिधि चयन भएका छन् ।

चितवनमा १०-१२ मंसिरमा हुने एमालेको १०औँ महाधिवेशनका लागि युवा विद्यार्थी विशेष जिल्ला कमिटीबाट चार जना प्रतिनिधि सर्वसम्मत चयन भएका हुन् । एमालेको महाधिवेशनका लागि युवा विद्यार्थी विशेष जिल्ला कमिटीबाट रामजी सापकोटा, प्रकाश भुजेल, मोती विक र चिरञ्जिवी पौडेल चयन भएका हुन् ।