बढ्यो हवाई भाडा, कहाँको कति बढ्यो ?

  • प्रकाशित मिति : २०७८ कार्तिक २८, आईतवार
  • chhanbin.com

वायुसेवा कम्पनीहरुले हवाई भाडा बढाएका छन् । नेपाल आयल निगमले हवाई इन्धनको मूल्य बढाएसँगै वायुसेवा कम्पनीहरुले इन्धन शुल्क (फ्युल चार्ज) वृद्धि गरेका हुन् ।फ्युल चार्ज बढेपछि हवाई भाडा पनि स्वतः बढ्ने भएको हो ।

निगमले हवाई इन्धनको मूल्य प्रतिलिटर ५ रुपैयाँ प्रतिलिटर बढाएको थियो । हवाई सेवा प्रदायकहरुले पनि सोही आधारमा फ्युल चाज)का आधारमा भाडा बढाएका हुन् ।

हवाई इन्धनको मूल्य प्रतिलिटर ९६ रुपैयाँबाट बढाएर १०१ रुपैयाँ पुर्याइएको छ । वायुसेवा संचालक संघले इन्धनको शूल्क न्यूनतम ४५ रुपैयाँदेखि अधिकतम १७० रुपैयाँसम्म वृद्धि गरेका छन् ।

माउन्टेन फ्लाइटको फ्युल चार्ज सबैभन्दा धेरै १७० रुपैयाँ बढेको छ । त्यस्तै, काठमाडौं–पोखरा ८० रुपैयाँ, काठमाडौं–भैरहवा १०५, काठमाडौं–विराटनगर १२०, काठमाडौ–भद्रपुर १५०, काठमाडौं–नेपालगञ्ज १६०, काठमाडौं–जनकपुर ६५, काठमाडौं–सिमरा ४५, काठमाडौं–भरतपुर ५५ र काठमाडौं–तुम्लिङटार ९० रुपैयाँ बढेको छ ।