एमाले महाधिवेशनका लागि सुर्खेतबाट छानिएका यी हुन् २२ प्रतिनिधि ( नामावली सहित)

  • प्रकाशित मिति : २०७८ कार्तिक २८, आईतवार
  • chhanbin.com

नेकपा एमालेको १०औँ राष्ट्रिय महाधिवेशनका लागि सुर्खेतबाट २२ जना प्रतिनिधि सर्वसम्मत चयन भएका छन् ।

महाधिवेशन प्रतिनिधिमा सुर्खेतबाट खुल्लातर्फ ध्रुवकुमार शाही, खड्क खत्री, खड्ग घर्ती, डण्डी शर्मा, बोधविक्रम जिसी, कुलमणि देवकोटा,अमृत विसी, नवराज रावत, गंगाराम तिमिल्सिना र नन्दराम अधिकारी सर्वसम्मत चयन भछन् ।

यस्तै, महिलातर्फ शान्ति छन्तेल, कोकिला सिंह, चन्द्रकला विसी, गंगा दाहाल, मोहनमाया ढकाल, निर्मला राना र नन्दा गुरुङ चयन भएका छन् भने दलिततर्फबाट तेजकुमार विक ‘तोरण’, गगनसिंह सुनार, राजु गुइदेल नेपाली, सुशीला विश्वकर्मा र लक्ष्मी विक प्रतिनिधिमा सर्वसम्मत चयन भएका छन् ।