बारले प्रधानन्यायाधीशलाई सकेन छेक्न, बारको आन्दोलनलाई काउन्टर दिने युवा को हुन् ?

  • प्रकाशित मिति : २०७८ कार्तिक २८, आईतवार
  • chhanbin.com

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गरी आन्दोलनरत नेपाल बार एशोसिएसनको आन्दोलन बिथोल्न सर्वोच्च अगाडि केही युवाहरूले प्रदर्शन गरेका छन्। मोटरसाइकल र्‍यालीसहित प्रधानन्यायाधीश जबराको पक्षमा युवाहरूले प्रदर्शन गरेका हुन्।

मोटरसाइकल र्‍यालीसहित आएका युवाहरूको समूह जबराको पक्षमा नारा लगाउँदै सर्वोच्च छिर्न खोजेपछि प्रहरीले उनीहरूलाई रोकेको छ। युवाहरूले न्यायबाट बञ्चित गर्न पाइँदैन भन्ने नारा लगाउँदै सर्वोच्च अगाडि प्रदर्शन गरेका थिए। उनीहरूमध्ये केहीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

बारले प्रधानन्यायाधीश जबरालाई सर्वोच्च प्रवेशमा रोक लगाउने बताएकोमा जबरा १ नम्बर गेटबाट सर्वोच्च छिरेका थिए।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराकोे राजीनामा माग गर्दै कानुन व्यवसायीहरु सर्वोच्च परिसरभित्र धर्ना दिइरहेका छन्। कानुन व्यवसायीहरुले अदालती प्रक्रिया ठप्प पारेर धर्ना दिइरहँदा अदालतबाहिर भने न्यायालय बन्द गर्न पाइँदैन भन्दै नाराबाजी सुरु भएको छ।