चितवन बाट छानिएका यी हुन् २८ एमाले महाधिवेशन प्रतिनिधि (नामावली सहित)

  • प्रकाशित मिति : २०७८ कार्तिक २८, आईतवार
  • chhanbin.com

चितवनबाट नेकपा एमालेको १०औँ राष्ट्रिय महाधिवेशनका लागि २८ जना प्रतिनिधि सर्वसम्मत छानिएका छन् ।

खुलाबाट जेएन थपलिया, दावा लामा, झगरु चौधरी, प्रकाश खनाल (शैलेश), नारायण वन, यादव पाठक, कमल पाठक, कृष्णभक्त पोखरेल, विजय सुवेदी, बाबुराम खरेल, टीका रिजाल, तेजेन्द्रबहादुर खड्का, पुरुषोत्तम न्यौपाने, हरिप्रसाद सापकोटा, रामप्रसाद न्यौपाने, कृष्णप्रसाद भुर्तेल, विष्णुहरि तिमिल्सेना र प्रकाश ढुंगाना महाधिवेशन प्रतिनिधिमा छनोट भएका एमाले केन्द्रीय सदस्य सूर्य थापाले जानकारी दिए ।

उनका अनुसार महिलाबाट प्रभा वराल, सुनिमाया चेपाङ, विमला दवाडी, सूर्यवदना हमाल, शान्ति अधिकारी ,माया सिलवाल, पार्वती रावल र सरस्वती बिष्ट चयन भएका छन् ।

दलितबाट शिवकुमारी गोतामे र श्यामलाल विक गरी जम्मा २८ जना चयन भएका थापाले जानकारी दिए ।