मोरङका पाँच निर्वाचन क्षेत्रबाट एमाले महाधिवेशन प्रतिनिधि सर्वसम्मत छानिए (नामावली सहित)

  • प्रकाशित मिति : २०७८ कार्तिक २७, शनिबार
  • chhanbin.com

आगामी मंसिर १०–१२ सम्म चितवनमा हुने नेकपा (एमाले) को १० औं राष्ट्रिय महाधिवेशनका लागि हालसम्म मोरङका पाँचवटा निर्वाचन क्षेत्रमा सर्वसम्मत महाधिवेशन प्रतिनिधि छनाेट भएका छन् । आज बिहानसम्म जिल्लाका छ निर्वाचन क्षेत्र मध्ये पाँच र दलितबाट सर्वसम्मत महाधिवेशन प्रतिनिधि चयन भएका हुन् ।

मोरङ क्षेत्र नम्बर १ बाट खड्गबहादुर बस्नेत, अग्नि भट्टराई, नरेन्द्रप्रसाद ढुङ्गेल, घनश्याम खतिवडा, उमाकान्त गौतम, भुपेन्द्रकुमार लावती, लक्ष्मीदेवी भण्डारी, निर्मला राई र शान्तिकुमारी लिम्बू सर्वसम्मच प्रतिनिधि चयन भएका छन् ।

यस्तै क्षेत्र नम्वर २ बाट ऋषिकेश पोखरेल, मेघनाथ शर्मा (मेघराज कट्टेल), चन्द्रकला भण्डारी, लीलाबल्लभ अधिकारी, गोपाल थापा, मीरा दास, पर्शुराम कटुवाल, खेमकुमारी निरौला दाहाल, डिल्लीराम दाहाल, मो. हसन इनाम बक्स र इर्जालाल राजवंशी महाधिवेशन प्रतिनिधि चयन भएका छन् ।

क्षेत्र नम्बर ३ बाट राजकुमार ओझा, केदार गुरागाई, ज्ञानेन्द्र सुवेदी, डिपी राई, ताराबहादुर काफ्ले, रामकुमार बस्नेत, देवराज भण्डारी, दिलिप राई, धनमायाँ तामाङ, ढाकाकुमारी पराजुली र राजकुमारी इङनाम निर्विरोध चयन भएका निर्वाचन समितिले जनाएको छ ।

क्षेत्र नम्बर ४ बाट नन्दराज गिरी, कुमार आचार्य, धर्मलाल सिंह, रामबहादुर घिमिरे, महेशप्रसाद भट्टराई, बाबुराम कार्की, बिमला दाहाल घिमिरे र गुणवति देवी थारु सर्वसम्मत चयन भएका छन् ।

त्यस्तै क्षेत्र नम्बर ५ बाट डिल्लीराम घिमिरे, मनोज अग्रवाल, धर्मानन्द सञ्जेल, ज्ञानेश्वर राजवंशी, योगेन्द्र मण्डल र मीनादेवी यादव महाधिवेशन प्रतिनिधिमा सर्वसम्मत भएको क्षेत्रीय निर्वाचन समितिले जनाएको छ ।

क्षेत्र नम्बर ६ मा पनि सर्वसम्मतका लागि पहल भइरहेको नेताहरूले बताएका छन् । त्यहाँ महाधिवेशन प्रतिनिधिका लागि प्रत्यायी धेरै भएपछि सर्वसम्मत गराउन सकस परेको छ ।

दलित निर्वाचन क्षेत्रतर्फ खेम नेपाली, कृष्ण बर्देवा, जितनारायण सरदार र गितादेवी शिवा निर्विरोध निर्वाचित भएको निर्वाचन समितिले घोषणा गरेको छ ।

प्रतिनिधि चयनका लागि बिहीबार मनोनयन दर्ता गरिएको थियो । मोरङबाट ५७ महाधिवेशन प्रतिनिधिका लागि १७० जनाको उम्मेदवारी परेको थियो । क्षेत्र नम्बर १, २, ३, ४, ५ र दलित क्षेत्रमा निर्धारित संख्या बाहेकका उम्मेदवारले मनोनयन फिर्ता लिएपछि निर्विरोध निर्वाचित भएको घोषणा गरिएको निर्वाचन समितिले जनाएको छ ।

महाधिवेशन प्रतिनिधिका लागि नेकपा (एमाले) ले आज एकैदिन देशभर महाधिवेशन प्रतिनिधि चयन गर्दैछ । वडा, नगर र गाउँ अधिवेशन सम्पन्न गरिसकेको एमालेले शनिबार देशभर महाधिवेशनका प्रतिनिधि चयन गरिरहेको हाे ।