स्थायी शिक्षकको विज्ञापनका लागि सबै काम सकियो, फ्रान्स बाट मन्त्री फर्किए लगत्तै बिज्ञापन गरिने

  • प्रकाशित मिति : २०७८ कार्तिक २७, शनिबार
  • chhanbin.com

शिक्षक सेवा आयोगले स्थायी शिक्षकको विज्ञापन खुलाउने तयारी गरेको छ । आयोगले तीन तहमा पद रिक्त १७ हजार बढी विषयगत शिक्षकका लागि बिज्ञापन खुलाउने अन्तिम तयारी गरेको हो।

कार्यतालिका तयार भएको आयोगका अध्यक्ष मधुप्रसाद रेग्मीले जानकारी दिएका छन् । आयोगले बिहिबार कार्यतालिका पास गरेको र आईबारसम्म आयोगले सार्वजनिक गर्ने भए संगै बिज्ञापनको काम तिब्र गतिमा भएको छ।

नियमावली संशोधन नहुँदावार्षिक कार्यतालिका सार्वजनिक गर्न र शिक्षक बढुवाको लागि विज्ञापन खुलाउन भने समस्या भएको थियो।

शिक्षक सेवा आयोगका सूचना अधिकारी सुदर्शन मरहट्टाका अनुसार आयोगत मंसिर दोस्रो साता नयाँ विज्ञापन गर्ने तयारीमा गरेको छ । उनले भने ‘मंसिर पहिलो साता नियमावली संसोधन हुन्छ । त्यस लगत्तै आयोगले नयाँ विज्ञापन गर्ने आन्तरीक तयारी करिव सकिएको छ । अब कहि दिनमा नै विज्ञापन खाेल्छाैँ ।’ आयोगलाई शिक्षा तथा मानव स्रोत विकास केन्द्रले बुझाएको तथ्यांक अनुसार तीन तहमा १९ हजार बढी विषयगत शिक्षक पद रिक्त भएको छ ।

आयोगका सूचना अधिकारी मरहट्टाले भने, ‘हामीलाई अहिले संस्कृत तर्फको पाठ्यक्रम नबनेर समस्या भएको छ । पाठ्यक्रम बने पनि तीन महिनाअघि लागु नहुने नियमले समस्या परेको छ ।’ बाँकी रहेको पाठ्यक्रम बनाउन थालिएको उनले जानकारी दिए । आयोगलाई शिक्षा तथा मानव स्रोत विकास केन्द्रले देशभरका सामुदायिक विद्यालयमा १७ हजार ४७ जना शिक्षकको दरबन्दी रिक्त रहेको विवरण पठाइसकेको छ। प्राथमिक तहका १२ हजार ९१२, निम्न माध्यमिक तहका दुई हजार ५९३ र माध्यमिक तहका एक हजार ५४२ पदमा दरबन्दी रिक्त रहेको छ।

आयोगका प्रशासकीय प्रमुख दिनेश कुमार श्रेष्ठका अनुसार १७ हजार २ सय २३ शिक्षकको नयाँ पदपूर्तिको खुला विज्ञापन मंसिरमा गर्ने कार्यतालिकामा रहेको बताएका छन् । केहि पाठ्यक्रम बनाउने प्रक्रियामा रहेको बताउदै सबै पाठ्यक्रम छिट्टै आयोगको साइडमा राखिने समेत उनले जानकारी दिए । फ्रान्स गएका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल स्वदेश फर्किए लगत्तै उनी सँग छलफल गरी विज्ञापन खोल्ने तयारी आयोगको रहेको छ ।