आजको मौसम यस्तो हुनेछ, कता कता पर्छ पानी ? ह्वात्तै चिसो कुन-कुन ठाउँमा बढ्छ ?

  • प्रकाशित मिति : २०७८ कार्तिक २७, शनिबार
  • chhanbin.com

देशका पहाडी भू–भागमा आजको मौसममा आंशिक बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यसबाहेक अन्य क्षेत्रको मौसम सामान्यतया सफा रहने मौसमविद्ले जानकारी दिएका छन् ।

आज राति पनि दिउँसोको जस्तै मौसमी प्रणाली रहेर पहाडी भू–भागमा आंशिक बदली तथा अन्य क्षेत्रमा मौसम सामान्यतया सफा महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ ।

वायुको अधिकतम र न्यूनतम तापक्रम घट्ने क्रममा रहेकोले चिसोबाट बच्न सामान्य सतर्कता अपनाउन मौसमविद्ले अनुरोध गरेका छन् ।